सिन्धुपाल्चोकमा पहिरो : ५ जना बेपत्ता

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, साउन १
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोमा परेर ५ जना बेपत्ता भएका छन् ।

पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । पहिरोले ग्याल्जेन शेर्पाको घर पुरिंदा उहाँका ५ जना परिवार बेपत्ता भएका हुन् ।

उद्धारका लागि प्रहरीको टोली र स्थानीय बासिन्दा खटिएका पनि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।


प्रकाशित : २०७७ श्रावण १, बिहीबार ०२:०४