पौडी खेल्न गएका युवक गुप्ता दहमा बेपत्ता

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन १, रुकुम पूर्व
रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ मा रहेको गुप्ता दहमा डुबेर सोही वडाका १९ वर्षीय लजिम बुढा बेपत्ता भएका छन्‌। जिल्लाकै उच्च स्थानमा रहेको र निकै गहिरो भएकाले अहिलेसम्म बुढाको खोज र उद्दार गर्न सकिएको छैन। बस्तुभाउलाई लेकमा चराउन लिएर गएका बुढा सोही क्षेत्रमा गोठ बनाएर बस्दै आएका थिए।

गोठबाटै पौडी खेल्न दहमा गएका बुढा बुधबार बिहान १० बजेदेखि बेपत्ता भएका वडाध्यक्ष मानबहादुर बुढाले जानकारी दिए। उनीसँगै पौडी खेल्न गएका सिर्जन बुढाले दहमा साथी बेपत्ता भएको जानकारी दिएका थिए। सो वडामा प्रहरी चौकी समेत नभएकाले बेपत्ता युवकको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा बिहिबार प्रहरीटोली घटनास्थलतर्फ गइरहेको छ।

सडक सुविधा नभएकाले बिहिबार सदरमुकाम रुकुमकोटबाट हिँडेका प्रहरीलाई गुप्ता दहसम्म पुग्न दिनभरीको समय लाग्नेछ।


प्रकाशित : २०७७ श्रावण १, बिहीबार ०२:२५