सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने

ByLumbini Darpan Online

१ श्रावण २०७७, बिहीबार १६:३९ १ श्रावण २०७७, बिहीबार १६:३९ १ श्रावण २०७७, बिहीबार १६:३९

लुदअ साउन १, काठमाण्डौ
सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरेको उहाँले बताउनुभयो ।

यो वर्ष कोरोना महामारीको कारण सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने सरकारले जनाएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *