ताजा अपडेट

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

‘राजिनामा दिन्न, सकेको गर्नुस्’ : प्रधानमन्त्री ओली

लुम्बिनी दर्पण २०७७ श्रावण १, बिहीबार १६:५५
[sharethis-inline-buttons]

लुदअ काडमाडौं, साउन १
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट गर्दै सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई चुनौति दिनुभएको छ ।

ओलीको कार्यशैली र अभिव्यक्तिले पार्टी र सरकार दुबै संकटमा परेको निष्कर्ष निकाल्दै आउनु भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले सकेको गर्न चुनौति दिनुभएको हो ।

विवादको समाधान खोज्न भन्दै आफूसँग छलफल गर्न बालुवाटार आएका दाहाल र नेपाललाई उहाँले आफू स्थायी कमिटी मात्र होइन पार्टीका सबै कमिटी फेस गर्न तयार रहेको तर राजिनामा भने नदिने जवाफ दिनुभएको स्रोतले जानकारी दियो ।

स्थायी कमिटी लगातार स्थगित गरेर समाधान खोज्न भनेपनि दुई अध्यक्षको संवादबाट हल ननिस्केपछि बिहीबार छलफलमा माधव नेपाल पनि थपिनु भएको थियो ।

बैठकमा दाहाल र नेपालले प्रष्ट शब्दमा पुरानै माग राख्दै अब ओलीको राजिनामा बाहेक अरु विषयबाट समाधान ननिस्कने भएकाले पद त्याग्न भन्नुभएको थियो । ओलीले छोप्नै नसक्ने गरी राजनीतिक र कूटनीतिक कमजोरी गरेकाले अर्को बाटो नरहेको उहाँहरुको जिकिर थियो ।

बिहीबारको बैठकमा पार्टी महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागि हुनुहुन्थ्यो ।
छलफलबाट निष्कर्ष ननिस्के पनि शुक्रबारको स्थायी कमिटी बैठक बोलाउन भने सहमति बनेको छ ।

लिम्पियाधुरासहितको भूभाग समेटेर नेपालको नयाँ नक्शा जारी गरेपछि पार्टी नेताहरुलाई प्रयोग गरेर भारतले सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति रुष्ट नेकपाका शीर्ष नेताहरु पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने एक सूत्रीय अभियानमा उभिएका छन् ।

झन् पछिल्लो पटक अयोध्या नेपालमा पर्ने र भगवान राम पनि नेपालमै जन्मिएको अभिव्यक्ति दिएपछि ओलीको देशभित्र र बाहिर पनि आलोचना चुलिएको छ । यस्तोमा नेकपाका नेताहरु ओलीविरुद्ध एक ठाउँमा उभिएका हुन् ।

नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावललगायतले त अयोध्याकाण्डमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएर सार्वजनिक अभिव्यक्ति दिइसक्नु भएको छ ।

यो बीचमा पार्टी विभाजनको मुखमा पुगेको भन्दै दोस्रा तहका नेताहरुले भने सहमति खोज्न नेताहरुलाई दबाब दिइरहेका छन् । ओली राजिनामा नदिने र अरु नेता नलिई नछाड्ने अडानमा हुनुहुन्छ ।

कुनै हालतमा ओलीलाई पद त्याग्न बाध्य बनाउने एक सूत्रीय अभियानमा जोडिनुभएका दाहाल–नेपाललाई निरस्त्र गर्न ओलीले पनि पटक पटक विभिन्न अस्त्र फ्याँक्नु भएको छ ।

लिम्पियाधुरासहितको भूभाग समेटेर नक्शा प्रकाशित गरेपछि आफूलाई हटाउन भारत लागेको र त्यसमा पार्टीकै नेताहरु संलग्न रहेको आरोप ओलीले लगाएपछि दाहाल–नेपाल समूह आक्रोशित बनेको छ ।


प्रकाशित : २०७७ श्रावण १, बिहीबार १६:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

भर्खरै

  • २ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech