ताजा अपडेट

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘राजिनामा दिन्न, सकेको गर्नुस्’ : प्रधानमन्त्री ओली

लुम्बिनी दर्पण २०७७ श्रावण १, बिहीबार १६:५५
[sharethis-inline-buttons]

लुदअ काडमाडौं, साउन १
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट गर्दै सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई चुनौति दिनुभएको छ ।

ओलीको कार्यशैली र अभिव्यक्तिले पार्टी र सरकार दुबै संकटमा परेको निष्कर्ष निकाल्दै आउनु भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले सकेको गर्न चुनौति दिनुभएको हो ।

विवादको समाधान खोज्न भन्दै आफूसँग छलफल गर्न बालुवाटार आएका दाहाल र नेपाललाई उहाँले आफू स्थायी कमिटी मात्र होइन पार्टीका सबै कमिटी फेस गर्न तयार रहेको तर राजिनामा भने नदिने जवाफ दिनुभएको स्रोतले जानकारी दियो ।

स्थायी कमिटी लगातार स्थगित गरेर समाधान खोज्न भनेपनि दुई अध्यक्षको संवादबाट हल ननिस्केपछि बिहीबार छलफलमा माधव नेपाल पनि थपिनु भएको थियो ।

बैठकमा दाहाल र नेपालले प्रष्ट शब्दमा पुरानै माग राख्दै अब ओलीको राजिनामा बाहेक अरु विषयबाट समाधान ननिस्कने भएकाले पद त्याग्न भन्नुभएको थियो । ओलीले छोप्नै नसक्ने गरी राजनीतिक र कूटनीतिक कमजोरी गरेकाले अर्को बाटो नरहेको उहाँहरुको जिकिर थियो ।

बिहीबारको बैठकमा पार्टी महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागि हुनुहुन्थ्यो ।
छलफलबाट निष्कर्ष ननिस्के पनि शुक्रबारको स्थायी कमिटी बैठक बोलाउन भने सहमति बनेको छ ।

लिम्पियाधुरासहितको भूभाग समेटेर नेपालको नयाँ नक्शा जारी गरेपछि पार्टी नेताहरुलाई प्रयोग गरेर भारतले सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति रुष्ट नेकपाका शीर्ष नेताहरु पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने एक सूत्रीय अभियानमा उभिएका छन् ।

झन् पछिल्लो पटक अयोध्या नेपालमा पर्ने र भगवान राम पनि नेपालमै जन्मिएको अभिव्यक्ति दिएपछि ओलीको देशभित्र र बाहिर पनि आलोचना चुलिएको छ । यस्तोमा नेकपाका नेताहरु ओलीविरुद्ध एक ठाउँमा उभिएका हुन् ।

नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावललगायतले त अयोध्याकाण्डमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएर सार्वजनिक अभिव्यक्ति दिइसक्नु भएको छ ।

यो बीचमा पार्टी विभाजनको मुखमा पुगेको भन्दै दोस्रा तहका नेताहरुले भने सहमति खोज्न नेताहरुलाई दबाब दिइरहेका छन् । ओली राजिनामा नदिने र अरु नेता नलिई नछाड्ने अडानमा हुनुहुन्छ ।

कुनै हालतमा ओलीलाई पद त्याग्न बाध्य बनाउने एक सूत्रीय अभियानमा जोडिनुभएका दाहाल–नेपाललाई निरस्त्र गर्न ओलीले पनि पटक पटक विभिन्न अस्त्र फ्याँक्नु भएको छ ।

लिम्पियाधुरासहितको भूभाग समेटेर नक्शा प्रकाशित गरेपछि आफूलाई हटाउन भारत लागेको र त्यसमा पार्टीकै नेताहरु संलग्न रहेको आरोप ओलीले लगाएपछि दाहाल–नेपाल समूह आक्रोशित बनेको छ ।


प्रकाशित : २०७७ श्रावण १, बिहीबार १६:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था
  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु
  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन
  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण
प्रतिक्रिया

यो पनि पढौँ

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर

शुद्धोधनमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा हात्ति पाईले रोग विरुद्ध सचेतना

भर्खरै

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

  • “तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

  • इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

  • इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

  • “अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech