२४ घण्टामा ५७ जनामा मात्रै कोरोना पुष्टि

ByLumbini Darpan Online

३ श्रावण २०७७, शनिबार १३:५४ ३ श्रावण २०७७, शनिबार १३:५४ ३ श्रावण २०७७, शनिबार १३:५४

लुदअ साउन ३, काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा ५७ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको हो ।

अहिले सक्रिय र निको भएर घर गएका जोड्दा १७ हजार पाँच सय दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट तीन लाख ११ हजार आठ सय २९ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरि २३ हजार दुई सय ७५ जना क्वरेण्टीनमा रहेका छन् । त्यस्तै देशका विभिन्न अस्पतालका आइसोलेशनमा पाँच हजार आठ सय २५ जना सङ्क्रमित उपचाररत छन् ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणको कारण अहिलेसम्म ४० जनाको ज्यान गएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *