ब्रेकिङ : प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन ४, काठमाडौं
प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए। पौडेलका अनुसार उनीहरु सबै बाटो बनाउन खटिएका मजदूर हुन्।

भिङ्गृ–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिएका ती मजदूर सबै रोल्पा रुम्टीगढीका हुन्। अहिले हुस्सु लागिरहेका कारण उद्धारमा कठिनाइ भएको उनले बताए। उनीहरुका कसैको पनि पहिचान खुल्न सकेको छैन।


प्रकाशित : २०७७ श्रावण ४, आईतवार ०२:२२