धादिङमा पहिरोले घर बगाउँदा ३ जनाको ज्यान गयो

[sharethis-inline-buttons]

लुदअ साउन ६
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ ।

गएराति माथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षका मिलन खाँण, उहाँकी श्रीमती २० वर्षकी सम्झना खाँण र १८ महिनाका एक बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । रातिको समय भएको उद्धार गर्न नसकेको स्थानीयबासिन्दा हरि विकले जानकारी दिनुभयो ।

एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको तथा ती परिवारलाई सुरक्षित ठाउँमा राखिएको पनि विकले जानकारी दिनुभयो ।


प्रकाशित : २०७७ श्रावण ६, मंगलवार ०२:०८