ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बजेट खर्चको मार्गदर्शन : कार्तिक १५ भित्र सबै आयोजनाले काम थाल्नै पर्ने

लुम्बिनी दर्पण २०७७ श्रावण ६, मंगलवार १४:१२

लुदअ ६ साउन, काठमाडौं
चालु आर्थिक वर्षको बजेटमा समावेश भएका सबै आयोजनारकार्यक्रमको प्रारम्भिक चरणका काम सम्पन्न गरी कम्तिमा १५ कात्तिकबाट काम थाल्नु पर्ने भएको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको छ । मार्गदर्शन अनुसार सबै आयोजनाले असोज मसान्तभित्र बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता समेत गरिसक्नुपर्ने भएको छ ।

ठेक्का सम्झौता भएको मितिले १५ दिन भित्र काम शुरु गर्ने गरी सबै निकायले आयोजना तथा कार्यक्रमलाई कार्यादेश दिनु पर्ने भएको छ । खासगरी दशैं र तिहारको बाहनामा पूर्वतयारीका काम अगाडी नगर्ने परिपाटीका कारण नेपालमा आयोजना तथा कार्यक्रम कार्यान्वयन ढिला हुने गरेको छ । यसले बजेट कार्यान्वयन प्रभावकारी हुन सकिरहेको छैन ।

पदाधिकारी आफैं जिम्मेवार

विनियोजित बजेट र वाषिर्क स्वीकृत कार्यक्रममा नपरेका आयोजनालाई भने सरकारी निकायले अगाडि बढाउन पाउने छैन । स्रोत सुनिश्चित नभएका र बजेटमा नपरेका आयोजना कार्यान्वयनका लागि अगाडि बढाएमा भने सम्बन्धित पदाधिकारी नै जिम्मेवार हुने गरी मार्गदर्शन बनाइएको छ ।

यस्ता आयोजना र कार्यक्रमलाई कुनै पनि निकायले बजेट निकासा, रकमान्तर तथा कार्यक्रम संशोधन समेत गराउन पाइने छैन । बजेट बनाउने समयमा अर्थबाट कंैची लाग्ने डरले बजेटमा नराख्ने तर पछि अनेक बाहनामा रकमान्तर गरी आफु अनुकुलका कार्यक्रम संचालन गर्ने परिपाटीले बजेट अनुशासनमा निरन्तर प्रश्न उठिरहेको सन्दर्भमा अर्थ मन्त्रालयले कार्यक्रम संशोधनमा समेत कडाइ हुने बताएको छ ।

कानून असोज मसान्तसम्म

कार्यक्रम तथा आयोजना कार्यान्वयनका दौरान कुनै कानून बनाउनु पर्ने आवश्यता भए त्यसको काम भने असोज मसान्तसम्म सक्नुपर्ने भएको छ ।

मार्गदर्शन अनुसार कुनै नयाँ ऐन तर्जुमा गर्नुपर्ने वा विद्यमान ऐन संशोधन गर्नु पर्ने भए ऐनको मस्यौदा असोज मसान्त भित्र मन्त्रिपरिषद्मा पेश गरिसक्नु पर्ने भएको छ । विद्यमान नियमावली, कार्यविधि, निर्देशका, मापदण्ड र मार्गदर्शन संशोधन भए साउन मसान्त भित्रै पुरा गर्नुपर्ने भएको छ । नयाँ ल्याउनु पर्ने भएका भने भदौ भित्र अनिवार्य सक्न अर्थले मातहतका निकायलाई निर्देशन दिएको छ ।

जनशक्ति व्यवस्थापन साउनभित्रै

कुनै आयोजना र कार्यक्रम सम्पन्न गर्ने अवधिका लागि जनशक्ति योजनासहित आवश्यक जनशक्ति व्यवस्थापनको कामसमेत साउन भित्रै गरिसक्नुपर्ने भएको छ । यसमा दरबन्दी स्वीकृति मूख्य काम हो ।

बजेटमा स्वीकृत कार्यक्रम तथा आयोजना पूर्वतयारीको काम यस अगाडी नै सकिएको हुनुपर्छ । सोहीकारण आयोजना बैंकको अवधारणा आएको हो । आयोजनारकार्यक्रमको चौमासिक विभाजन सहितको वाषिर्क खरीद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी साउनभित्र स्वीकृत गरी बोलपत्र आहृवान समेत गरिसक्नुपर्ने गरी निर्देशिका जारी भएको छ । असोज मसान्तभित्र बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता गरिसक्नु पर्नेछ ।

भौतिक प्रगति र गुणस्तरका आधारमा मात्र भुक्तानी

कुनै पनि आयोजना तथा कार्यक्रमको भुक्तानी भने भौतिक र गुणस्तरका आधारमा मात्र दिनु पर्ने भएको छ । दोस्रो र तेस्रो चौमासिक निकासारभुक्तानीका लागि सो अवधिसम्म न्यूनतम ५० प्रतिशत भौतिक प्रगति भइसक्नु पर्ने गरी प्राावधान तोकिएको छ ।

चौमासिक भुक्तानी भने भौतिक प्रगति सम्पन्न भएपछि मात्र दिनु पर्ने गरी बजेट मार्गदर्शन सार्वजनिक गरिएको छ ।


प्रकाशित : २०७७ श्रावण ६, मंगलवार १४:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech