ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाढी पहिरोले एकै दिन ११ जनाको ज्यान गयो

लुम्बिनी दर्पण २०७७ श्रावण ७, बुधबार ०१:३७
[sharethis-inline-buttons]

लुदअ साउन ७, काठमाडौं
लगातारको वर्षापछिको बाढी पहिरोका कारण मंगलबार ११ जनाको मृत्यु भएको छ। साथै दुइ जना वेपत्ता भएका छन्। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले पहिरोमा पुरिएर धादिङमा ३, नवलपरासीपूर्व, दार्चुला र काठमाडौंमा २–२ जना र म्याग्दीमा एक जना तथा बाढीले बगाएर रौतहटमा एक जनाको मृत्यु भएको जानकारी दिए ।

हेनुहोस् कुन–कुन जिल्लामा कति क्षति ?
म्याग्दीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन्। त्यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ शङ्करपुरमा पहिरोले घर पुरिएर दुई जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन्। घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिए।

काठमाडौँको टोखामा पहिरोमा परेर जुम्ल्याहा बालबालिकाको मृत्यु भएको छ। धनकुटाको भिरगाउँ गाउपालिका–२ गुराँसे घर भएका राम कुमार राना मगरका ३ वर्षीया सन्तान सन्ध्या र सचिनको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। खाना खाँदै गरेको अवस्थामा खसेको पहिरोले उनीहरुलाई पुरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक रोशन खड्काले जानकारी दिए। अन्यलाई भने उक्त स्थानबाट उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको र स्थिति सामान्य रहेको डिएसपी खड्काले बताए। यस्तै पूर्वी नवलपरासीको बुलिगंटार गाउँपालिका–२ डाँडाझेरीमा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको हो। बिहान करिब ३ बजेतिर झरेको पहिरोले डाँडाझेरी टाँडीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीको मृत्यु भएको हो।

यसैगरी मंगलबार बिहान ४ बजे धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिन्चोकको काफलगैरीमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा २२ वर्षीय मिलन खाँड, उनकी श्रीमती १९ वर्षीया सम्झना खाँड र उनीहरुको डेढ वर्षीय छोरा रहेका छन्। आज बिहान ४ बजे पहिरो खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जनाए।

रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटार बस्ने ५८ वर्षीय सुकमान थिङको बाढीले बगाउँदा मृत्यु भएकोे छ। गैडाटार गाउँस्थित अस्थायी प्रहरी पोष्ट नजिकै रहेको अंकडा बाँधको खहरे खोलामा आएको बाढीले थिङलाई बिहान ११ बजे बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका थिङको शव ३ घण्टापछि भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापाले बताए। बाँधमा पानीको बहाव बढेपछि खोल्न गएका बेला उनलाई बाढीले बगाएको बुझिएको छ।


प्रकाशित : २०७७ श्रावण ७, बुधबार ०१:३७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech