लुदअ साउन ७, काठमाण्डौ
आजदेखि लकडाउन हटेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन गएराति १२ बजेदेखि अन्त्य भएको हो ।
आजदेखि सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने र गाडीको जोर(बिजोर प्रणाली हटाउने सरकारले निर्णय गरेको छ ।
यस्तै साउन १५ गतेदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्ड पालना गरी भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी तथा हवाई सेवा सुरु गर्ने सरकारले निर्णय गरेको छ ।
यस्तै भदौ १ गतेदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । तर, अर्को निर्णय नभएसम्मका लागि स्कुलरकलेजमा पठनपाठन भने गर्न पाइने छैन । लकडाउन खुला भए पनि शिक्षण संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन(ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभारभेला, धार्मिक क्षेत्र, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द रहनेछन् ।
लकडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पालना गराउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ । मापदण्ड उल्लंघन गर्नेलाई संक्रामक रोक तथा स्थानीय प्रशासन ऐनअनुसार कारबाही हुने सरकारले जनाएको छ ।