प्रदेश ५ दुर्घटना – १ वर्षमा करिव ५ सयको ज्यान गयो

[sharethis-inline-buttons]

मोहन बेल्वासे
गत आर्थिक वर्ष २०७६÷०७७ मा ५ नं प्रदेशका १२ जिल्लाको सवारी दुर्घटना को अवस्था अघिल्लो वर्षको तुलनामा केहि कम भएको पाईएको छ । प्रदेश नं ५ मा गत आर्थिक वर्षमा कुल १५ सय ३२ सवारी दुर्घटना हुदाँ ४ सय ८३ जनाको ज्यान गएको छ । जस मध्ये ३ सय ५८ पुरुष ७४ महिला ५१ बलबालिका रहेका छन् । जसमध्ये सवैभन्दा बढी साना सवारी साधन बढी दुर्घटना भएका छन् । जसमा ७ सय ६० मोटरसाईकल २ सय २ जिप, कार दुर्घटनामा परेका हुन् भने १ सय १३ बस दुर्घटना भएका हुन् । अघिल्लो आर्थिक वर्ष ०७५÷७६ मा प्रदेश ५ मा १ हजार २९ सवारी दुर्घटना हुदाँ ५ सय ९२ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी यस वर्ष वढी दुर्घटना भएपनी मानविय क्षती भने कम देखिएको छ । ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक डम्बर बहादुर वि.क ले लुम्बिनी दर्पणलाई दिएको जानकारी अनुसार प्रदेशका १२ जिल्लामध्ये तराईका जिल्लाहरुमा बढी दुर्घटना भएका हुन् ।
दुर्घटना बढी हुने जिल्लामा रुपन्देहि कायमै
तथ्याङ्ग अनुसार रुपन्देहिमा सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् । रुपन्देहिमा ३ सय ४१ सवारी दुर्घटना हुँदा १ सय ७ जनाको ज्यान गएको छ । ज्यान जानेमा ९१ पुरुष, ९ महिला र ७ बालबालिका रहेका छन् ।
दुर्घटनामा १ सय ५९ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केही घर फर्के पनि कतिपय अझै उपचाररत रहेको प्रहरीले जनाएको छ । केहि वर्ष यता रुपन्देहि प्रदेश ५ मै सवैभन्दा बढी दुर्घटना हुने जिल्लाको रुपमा रहेका तथ्याङ्कले बताएको छ । रुपन्देहिमा आर्थिक वर्ष ०७५÷०७६ मा ३ सय ८३ सवारी दुर्घटना भएका थिए । जस मध्ये १ सय ३७ जनाको ज्यान गएको थियो । यो प्रदेश ५ को सबैभन्दा बढी तथ्य हो ।
बाँके दोस्रोमा
प्रदेश ५ मा बाँके दोस्रो बढी ज्यान जाने जिल्लामा परेको छ ।
प्रहरीका अनुसार, चालू आर्थिक वर्षमा बाँकेमा २ सय ५२ सवारी दुर्घटना हुदाँ ७३ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार, दाङका विभिन्न स्थानमा भएको दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । २ सय ३४ जना गम्भीर घाइते छन् । पश्चिम नवलपरासी पनि दुर्घटनाको अग्रपंक्तिमा छ । नवलपरासीमा ४८ जनाको विभिन्न दुर्घटनामा परी ज्यान गुमेको छ । त्यसैगरि १ सय ६१ जना गम्भिर घाईते भएका छन् । त्यहाँ आर्थिक वर्षमा २ सय ३६ सवारी दुर्घटना भएका थिए ।
कपिलवस्तु र बर्दिया मध्यममा
दुर्घटना हुने जिल्लामध्ये कपिलवस्तु र बर्दिया पनी मध्यम स्थानमा रहेका छन् । प्रदेश पाँचका १२ जिल्ला मध्ये कपिलवस्तु पाँचौ र बर्दिया छैठौ स्थानमा रहेका हुन् । कपिलवस्तुमा गत आर्थिक वर्षमा ४० जनाको ज्यान गएको छ भने १ सय ९ जना गम्भिर घाईते भएका हुन् । बर्दियामा ३८ जनाको ज्यान गएको छ भने ५९ जना गम्भिर घाईते भएका थिए ।
पहाडी जिल्लामध्ये अर्घाखाँची अगाडी
तराईका जिल्लापछि पहाडका जिल्लामध्ये अर्घाखाँची जिल्ला दुर्घटनाको अग्र स्थानमा छ । अर्घाखाँचीमा गत आर्थिक वर्षमा ३२ जनाको ज्यान गएको हो । जसमध्ये ३१ जना गम्भिर घाईते भएका थिए । त्यसैगरि पाल्पामा २२, गुल्मीमा १५,प्युठान मा १४, रोल्पामा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, रोल्पाका विभिन्न स्थानमा भएको दुर्घटनाको क्रममा २० जना गम्भीर घाइते भएका छन । पूर्वी रुकुम सवारी दुर्घटना हुने प्रदेश ५ का सवैभन्दा कम जिल्ला मध्ये पर्दछ । रुकुममा ७ वटा सवारी दुर्घटना हुदा ३ जनाले ज्यान गुमाएका थिए भने ७ जना गम्भिर घाईते भएको तथ्याकमा उल्लेख छ । उपरिक्षक वि.क का अनुसार दुर्घटनाको मुख्य कारण क्षमताभन्दा बढी यात्रु बोक्नु र मादक पदार्थ सेवन भएको बताए । साघुरो सड्क, तीव्र गति र चालकको लापरवाहीले पनि दुर्घटना दर बढेको छ । ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि सचेतनालगायतका अभियान सञ्चालन गर्दै आएको छ ।


प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार ०८:०६