ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आज नागपञ्चमी : किन गरिन्छ नागको पूजा ?

लुम्बिनी दर्पण २०७७ श्रावण १०, शनिबार ०१:५६
[sharethis-inline-buttons]

लुदअ साउन १०, काठमाण्डौ

आज नागपञ्चमी । ज्योतिषीय गणनामा सबै चाडपर्व चन्द्रमाको गतिअनुसार गणना हुन्छन् । त्यसकारण हरेक वर्षको  साउन महिनाको शुक्लपक्षमा पर्ने पञ्चमी तिथिलाई नागपञ्चमीको रुपमा मनाइन्छ ।

तर भारतका केही स्थानहरुमा श्रावण कृष्ण पञ्चमी तिथिमा पनि नाग पञ्चमी मनाइन्छ । तर नागपञ्चमी श्रावण शुक्ल पञ्चमीको दिनमा नै मनाउन श्रेयस्कर देखिन्छ । यस दिन नाग तथा सर्पको पूजा गरिन्छ । विशेष गरेर नागको पूजा गरिने पर्व भएकाले नै यस दिनलाई नागपञ्चमी भनिएको हो । यस दिन नागलाई दूधले नुहाएर पूजा गर्ने गरिन्छ ।

विभिन्न पुराणहरुमा नागको महत्वको बारेमा बताइएको छ भने शास्त्रको आधारमा नै नागपञ्चमी व्रत मनाइने चलन बसेको देखिन्छ । भविष्योत्तर पुराणमा आजको दिन नागहरुको पूजा गर्नाले अभय मिल्दछ भन्ने कुराको उल्लेख गरिएको छ । वेदमा पनि नागलाई देवताको रुपमा पूजा गर्ने परम्परा रहेको भेटिन्छ । नागलाई पूजा गर्ने वेदका मन्त्रहरु निकै महत्वपूर्ण मानिन्छन्।

ज्योतिष तथा वास्तु शास्त्रअनुसार पानीको लागि उत्तम स्थान पूर्व उत्तरको भाग इशान दिशालाई महत्वपूर्ण मानिन्छ । यसैले काठमाण्डौको पशुपतिनाथ मन्दिरको पूर्वउत्तरको दिशामा वासुकी नागको मन्दिर छ । त्यहाँ पनि नागपञ्चमीको दिन विशेष पूजा गरिन्छ ।

आजको दिन देशभरका नागपोखरी र नागमन्दिरहरुमा श्रद्धालुहरुको घुइँचो हुन्छ ।  नागको मन्दिर भएको ठाउँमा मन्दिरमा नै गएर नागको पूजा गरिन्छ भने नभएको ठाउँमा पनि गोबरको नाग बनाएर पूजा गरिन्छ । यसरी बनाएको नागको पूजा गर्दा दियो, कलश, गणेशको पूजा गरिन्छ र बनाइएको नागलाई दूधले नुहाइ लावा, कपास, दुबोलगायतले पूजा गरिन्छ ।

नेपाली समाजमा त नागलाई गाईको भन्दा पनि चामल पिनेर बनाएको दूध चढाउने चलन छ । यसैगरी आजको दिन सबैले नागको फोटो भए पनि आफ्नो घरको ढोकामाथि टाँस्नाले नागको डर हुँदैन । त्यसकारण आजको दिन सबैले घरको ढोकामाथि गोबर लगाएर नागको तस्विर टाँस्दछन् ।

यसरी नागपूजा गर्नाले नाग देवता प्रसन्न भई नाग दोष नलाग्ने शास्त्रहरुमा वर्णन गरिएको छ । आजको दिन विशेष गरेर ८ नागको पूजा गरिन्छ ।

१० अनन्त, २० वासुकी, ३० पद्म, ४० महापद्म, ५० तक्षक, ६० कुलीर, ७० कर्कट र ८० शंख नाग । साथै नागहरुको माता मनसा देवीको पनि आज पूजा गर्नुपर्दछ । आजको दिन यी नागहरुको पूजा गरेमा मानिसको जन्मकुण्डलीमा भएका नाग दोषहरु पनि समाप्त हुन्छन् भन्ने विश्वास छ ।

हाम्रो देश कृषि प्रधान देश हो । नाग र सर्पहरुले खेतको संरक्षण गर्दछन् । त्यसकारण नागलाई क्षेत्रपाल पनि भनिन्छ । मुसा, लगायतका जीवजन्तुबाट खेतीको रक्षा गर्ने भएकाले पनि नागको पूजा गरिन्छ । नाग पञ्चमी सदियौँ पहिलेदेखि सुरु भएको हुनाले यो पर्व कहिले देखि सुरु भयो भन्ने प्रश्नको जवाफ  छैन ।

नेपालको सन्दर्भमा हेर्ने हो भने पनि लिच्छवीकालीन, मल्लकालीन दरबारको  पूर्व उत्तरमा या कुनै न कुनै ठाउँमा नागपोखरी बनाइएको नै हुन्छ । भक्तपुर दरबार, पाटन दरबार, हनुमान ढोका दरबारमा हेर्न सकिन्छ ।


प्रकाशित : २०७७ श्रावण १०, शनिबार ०१:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech