दाङमा जीपले ठक्कर दिँदा १ जनाको ज्यान गयो, ४ घाइते

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन ११, काठमाण्डौ
दाङको राप्ती गाउँपालिका ८ पिपरीमा जीपले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तीन बालबालिकासहित ४ जना घाइते भएका छन् ।

हिजो बेलुकी बा २० च ५७४४ नम्बरको जीपले ठक्कर दिँदा घाइते भएका पिपरीकै ४८ वर्षका राजकुमार चौधरीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा राति ज्यान गएको प्रहरीले जनाएको छ ।

तीन बालबालिकासहित एक युवतीलाई थप उपचारको लागि बुटवल रेफर गरिएको छ । जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।


प्रकाशित : २०७७ श्रावण ११, आईतवार ०२:०६