ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

निर्मला पन्त हत्या प्रकरणको २ बर्ष पुरा, हत्यारा पत्ता लागेन

लुम्बिनी दर्पण २०७७ श्रावण ११, आईतवार ०३:२९
[sharethis-inline-buttons]

लुदअ साउन ११, काठमाण्डौ
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष बितेको छ । तर अहिलेसम्म न त दोषी पक्राउ परेका छन्, न अनुसन्धान प्रकृया नै टुङ्गिएको छ ।

अहिलेसम्म न्याय नपाएको पन्त परिवार प्रहरीको अनुसन्धान कहिले टुङ्गिएला र दोषी पक्राउ पर्ला भन्ने पर्खाइमा नै छ । कञ्चनपुर भीमदत्त २ की १३ वर्षीया निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा उनको शव भेटिएको थियो ।

गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी पन्तको रोशनीको घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । सुरुमा प्रहरीले यो घटनाप्रति अनुसन्धान गर्न समेत चासो नै देखाएन । अनि स्थानीयबासिन्दाले आन्दोलन गर्नुपर्यो । हत्यापछि निरन्तर आन्दोलन, धर्ना, दबाबमूलक कार्यक्रम भए ।

प्रहरीको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका, १८ का सन्नी खुनाको ज्यानै गयो । निर्मलाको हत्यापछि कञ्चनपुरमा ४ जना प्रहरी प्रमुख फेरिएका छन् । तर घटनाको दुई वर्ष भइसक्दा पनि अनुसन्धान जहाँको त्यहीँ छ । तर बलात्कारपछि हत्या गरिएकी पन्तका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् ।

प्रहरीको एकपछि अर्को कमजोरीले अल्झिएको निर्मला हत्या प्रकरणका अभियुक्त अझै फेला परेका छैनन् । थप अनुसन्धान पनि अगाडि बढ्न सकेको छैन । हत्या प्रकरणको अनुसन्धानमा खटिएका आठ प्रहरीविरुद्ध नै प्रमाण नष्ट गरेको तथा आरोपितलाई यातना दिएको अभियोगमा दायर मुद्दा कञ्चनपुर जिल्ला अदालतमा विचाराधीन छ ।

यो मुद्दाको फैसला आएपछि मात्र अनुसन्धानलाई अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाको मुख्य आरोपित भनिएका दिलीपसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छैन । निर्मलाकी आमा दुर्गादेवीले विष्टविरुद्ध २०७६ माघमा किटानी जाहेरी दिनुभएको थियो । प्रहरीले अनुसन्धान भैरहेको मात्रै भन्ने गरेको तर अपराधीलाई पक्राउ गर्न नसकेको आमा दुर्गादेवीले गुनासो गर्नुभएको छ ।

सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र निरीक्षक जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, निरीक्षक एकेन्द्र खड्का, सईहरू रामसिंह धामी र हरसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद विरुद्ध अनुसन्धानमा प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो । तर उनीहरू धरौटीमा छुटिसकेका छन् ।

निर्मलाको हत्या गरेको भन्दै २०७५ भदौ ४ मा प्रहरीले दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर डिएनए परीक्षणमा विष्टको संलग्नता प्रमाणित नभएपछि जिल्ला सरकारी वकिल कार्यालयले उनलाई छाड्ने निर्णय गरेको थियो । त्यसपछि प्रहरीहरू विरुद्ध नै मुद्दा चलाइएको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले यो घटनाको अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभएको छ ।


प्रकाशित : २०७७ श्रावण ११, आईतवार ०३:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech