कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ हजार नजिक, साढे ६ लाख बढी संक्रमित

ByLumbini Darpan Online

१६ चैत्र २०७६, आईतवार ०६:२६ १६ चैत्र २०७६, आईतवार ०६:२६ १६ चैत्र २०७६, आईतवार ०६:२६

लुदअ चैत १६, काठमाडौं
कोरोना संक्रमण ९कोभिड(१९० बाट एकै दिन ३५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। विगत २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। सबै भन्दा धेरै इटालीमा एकै दिन आठ सय ८९ जनाको मृत्यु भएको छ। स्पेनमा एकै दिन ८ सय ४४ जना मृतक थपिएका छन्। हालसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ भने स्पेनमा पाँच हजार ९ सय ४७ जनाले ज्यान गुमाएका छन्।

अमेरिकामा ५ सय १५ थपिएर मृतकको संख्या २ सय १२ पुगेको छ अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार ४ सय २८ पुगेको छ। यो सँगै विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ५१ पुगेको छ। विश्वभर ६ लाख ६२ हजार ९ सय ६७ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि निको भइसकेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *