बाढी र पहिरोका कारण धेरै सडक अवरुद्ध, यी सडकखण्ड अझै सञ्चालनमा आएनन्

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन १३, काठमाण्डौ
बाढी र पहिरोका कारण बन्द भएका केही सडकखण्ड अझै खुल्न सकेका छैनन् ।

केही सडकखण्ड भने एकतर्फी रुपमा खुलेका छन् । अरनिको राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुपाल्चोक हुँदै दोलखा जाने सडकखण्ड बन्द छ ।

सिन्धुपाल्चोकको बलेखी गाउँपालिका– ५ मा पहिरो खसेकाले यो सडकखण्ड अवरुद्ध भएको हो । पहिरो पन्छाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस्तै साँफेबगर–मार्तडी सडकखण्ड पनि लामो समयदेखि बन्द छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।

यस्तै पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरोला सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो ।

यो सडकखण्डको अम्कोट–ताप्रीसेर–घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । यस्तै ठाउँ–ठाउँमा पहिरो गएपछि अवरुद्ध महाकाली राजमार्ग अन्तर्गत सतबाँझ–दार्चुला सडकखण्ड पनि सञ्चालनमा आएको छैन । ठाउँ–ठाउँमा पहिरो गएपछि अवरुद्ध कान्ति लोकपथ पनि खुलेको छैन । बेशी शहर–चामे सडकखण्ड पनि बन्द नै छ ।

घोप्टेखोला(रामबजार(च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । पहिरोका कारण डुम्रे–बन्दीपुर सडकखण्ड पनि अवरुद्ध छ । रसुवागढी नाका जोड्ने सडक ६ दिनदेखि ठप्प छ । बिहीबारदेखि अवरुद्ध भएको स्याफ्रु–रसुवागढी सडकको पहिरो हटाउन नसक्दा सडक सञ्चालनमा आउन नसकेको हो ।

बेनी(जोमसोम–कोरोला सडकखण्ड अन्तर्गतको नच्र्यागंं–रुप्से–खहरेखोला–काइकुखोला–घासा–लेते सडकखण्ड अवरुद्ध छ । ठाउँ(ठाउँमा पहिरो जाँदा र सडक भासिँदा यी सडकखण्ड अवरुद्ध भएका हुन् ।

यसैबीच पहिरोका कारण लामो समय अवरुद्ध भएको डुम्रे बेशी शहर सडकखण्ड र अरनिको राजमार्ग अन्तर्गत जम्बु–झ्याले–डाकलांग र शिरीसे सडकखण्डमा भने एकतर्फी रुपमा गाडी चल्न थालेका सडक विभागले जनाएको छ ।


प्रकाशित : २०७७ श्रावण १३, मंगलवार ०३:०६