आज साउन १५ : खीर खाएर मनाइदैं

ByLumbini Darpan Online

१५ श्रावण २०७७, बिहीबार ०२:३९ १५ श्रावण २०७७, बिहीबार ०२:३९ १५ श्रावण २०७७, बिहीबार ०२:३९

लुदअ काठमाडौं, साउन १५
आज साउन १५ गते नेपालीहरूले खीर खाएर साउन १५ मनाउँदै छन् ।

बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् ।

आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।

नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने चलन छ ।

स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचिनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *