पहिरोमा परि कालिकोटमा २ बालबालिकाको ज्यान गयो

ByLumbini Darpan Online

१५ श्रावण २०७७, बिहीबार ०३:२६ १५ श्रावण २०७७, बिहीबार ०३:२६ १५ श्रावण २०७७, बिहीबार ०३:२६

लुदअ साउन १५, काठमाण्डौ
कालिकोटको महावै गाउँपालिका ७ कोटवाडामा पहिरोमा परेर २ जना बालबालिकाको ज्यान गएको छ । यस्तै पहिरोका कारण ४ जना सामान्य घाइते भएका छन् ।

स्थानीय तुल महताराको घर नजिकै ६ जना बालबालिका खेलिरहेको बेला ठूलो ढुङगा सहितको पहिरो खस्दा १२ वर्षका गणेश महतारा र ८ वर्षकी भावना भण्डारीको ज्यान गएको कालिकोटका प्रहरी नायब उपरीक्षक स्यामबाबु ओलीयाले बताउनुभयो ।

उहाँका अनुसार घाइते बालबालिकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *