
लुदअ रुपन्देही, साउन १७
रुपन्देही जिल्लाको सैनामैना न।पा वडा नं. १० स्थीत युगल बचत तथा ऋण सहकारी संस्था आर्थिक कारोबार सङै परोपकारी कार्यमा आफुलाइ अब्ब्ल स्थानमा उभ्याएको छ।
संस्थाले सातौँ बसन्त पार गरि आठौँ बसन्तको सुभ अवसरमा बृहत् रक्तदान कार्यक्रम सङै सहकारी संस्था एकीकरण सम्भावना र चुनौती सम्बन्धमा सालझन्डीमा रहेका सहकारी संस्था बिच अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ।
अन्तरसंवाद कार्यक्रममा सहकारी अगुवाहरुले सेअर सदस्यहरु लाई आत्मनिर्भर र स्वाबालम्बी बनाइ आर्थिक र समाजिक बिकासको केन्द्र्का रुपमा बिकासका लागि सुश्म छ्लफल गरि एकीकरण प्रक्रिया अगाडि बडाउन पर्नेमा जोड दिएका थिए ।
सातौँ बार्षिक उत्स्वको पुर्वसन्ध्यामा सम्पन्न अन्तरसंवाद कार्यक्रममा सहकारी अगुवाहरु हितमान थापा, तिलकराम घिमिरे, सारदा गौतम, सागर खरेल, भिमकान्त पोख्रेल लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रम समंयोजन युवा सहकारीकर्मी तथा सहकारीका अध्यक्ष गोविन्द पोख्रेलले गरेका थिए ।
२०७० साल श्रावण १६ गते दर्ता सम्पन्न गरि स्थापना भएको यस साकोसले बिभिद रचनात्मक कार्यक्रम गर्दै आफ्नो स्थापना दिवस प्रत्यक बर्ष मानाउदै आइरहेको छ।
सातौँ बसन्त पार गरि आठौँ बसन्त प्रवेशको शुभ अवसरमा येस साकोसले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोभिड १९ को प्रभावका कारण सुरक्षाका उपायहरू अपनाउदै सप्पन्न उक्त कार्यक्रममा ५१ युनिट ब्लड संकलन गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. ५ का महासचिव कृष्ण पङेनिको प्रमुख आथित्य्य एवम रेडक्रस दुधराक्ष उप(साखा अध्यक्ष रिम बाहादुर श्रेष्ठ, साना किसान कृषि सहकारी संस्था लि साल्झन्डीका अध्यक्ष हितमान थापाको आतिथ्य रहेको कार्यक्रममा सहकाअरीका संचालक समिती, लेखा समिती, कर्जा समिती, सल्लाहकार र विभिन्न समिती, उप(समितीका सदस्यहरु, स्वयंसेवि रक्तदाताहरुको उल्लेख्य उपस्थिति रहेको थियो। ब्लड बैकं बुटवलको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
सहकारीका अध्यक्ष गोबिन्द पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहकारिका सचिव पवन पोख्रेलले गरेका थिए ।

