भुमिकास्थानका सन्तोष गैरेका दुवै मृगौला फेल, उपचारका लागि सक्दो सहयोग गर्न अपिल

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु, साउन १८

पछिल्लो समय विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण मानिस त्रसित छ, थाहा छैन कति खेर कोरोना लााग्ने हो भन्ने । कोरोनाबाट बच्न खोज्दा छाक टार्न गाह्रो छ, छाक टार्न काम गर्नुपर्छ काम गर्दा कोरोना फैलिने हो कि भन्ने डर । तर एक परिवार छ जस्लाई कोरोनाको डरनै छैन, जहाँ एक युवाको दुवै मृगौला फेल भएका छन् । उनीहरुलाई यत्ति चिन्ता छ कि मेरा छोरालाई कसरि बचाउँने ।

त्यो परिवार हो अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाकाको । भुमिकास्थान नगरपालिका वडा नं.१० डडुवाका २४ बर्षिय सन्तोष गैरेका दुवै मृगौलाले काम गर्न छाडेपछि यति खेर उनको परिवार साह्रै दुःखमा छ ।

सामान्य घरपरिवारमा हुर्किएका गैरे केहि समय भारतमा जागिर गरे, त्यसपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको एक होटलमा काम गर्दथे, एक्कासी दुवै मृगौलाले काम नगरेको थाहा पाए पछि गैरे परिवार छांगाबाट खसे जस्तो भएको छ । न त उपचार गर्ने पैसा छ, न त मृत्युलाई स्वीकार्न सकिन्छ उनका बुवा नेत्र प्रसाद गैरे भन्छन् ।

दुवै मृगौलाले काम नगरेपछि सन्तोषको अहिले गौतम बुद्ध मुटु अस्पतालमा डायलासिश भईरहेको छ भने मृगौला प्रत्यारोपण गर्न ६ देखि १० लाख सम्म लाग्ने भएकोले सक्दो सहयोग गर्न मृगौला पिडित सन्तोषले आग्रह गरेका छन् । उनले आफु बाच्न चाहेकाले आफुले सक्दो सहयोग गरी बचाउन अनुरोध गरेका छन् ।


प्रकाशित : २०७७ श्रावण १८, आईतवार ०१:३२