
अनिता क्षेत्री अर्घाखाँची, साउन १८
युग र वडावासीको मन जित्दै आएका अर्घाखाँचीको शितगगंगा नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष दुर्गा बहादुर बिसिले बर्षाको समयमा पनि घरघरमा पुुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । बर्षातको समयमा पनि ज्येष्ठ नागरिक, एकल महिला, अपांग वृद्धवृद्धा तथा सीमान्तकृत वर्गहरुको समस्यालाई मध्यनजर गर्दै वडाका सबै टोलका घरघरमा पुगेर भत्ता प्रदान गरेका हुन् ।
कोरोनाका कारण वैदेशिक रोजगारमा गएका युवाहरु स्वदेश फर्किएपनि वडावासीलाई छाक टार्न समेत गाह्रो भएपछि बढ्दो नदी तरेर भएपनि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाअध्यक्ष विसिले बताए । उनले पछिल्लो समय लकडाउन, सलहले गर्दा ग्रामिण क्षेत्रका स्थानीयहरुलाई जिविकोपार्जनका लागि समस्या भएकोले उचित योजना बनाउन लागि परेको बताए ।
वडाअध्यक्ष विसि भन्छन् ‘जनताको सेवा गर्ने उद्देश्यले जन निर्वाचित भएको हुँ, निश्वार्थ जनताको सेवा गर्नका लागि नदिले छेक्दैन’ । घरमै भत्ता पाएपछि संगै अपांग तथा वृद्धवृद्धाहरुले घरघरमा सिंहदरवार आएको महशुस भएको भन्दै वडाअध्यक्षलाई धन्यवाद व्यक्त गरेका थिए ।
वडाअध्यक्ष विसि, वडा सदस्यहरु, वडा सचिव लगायत वडाकार्यालयको टिम भत्ता वितरण गर्न घरघरमा पुगेको हो ।

