शितगंगा १३ थाप्लेबारीमा बन्ने औद्योगिक ग्रामको डिपिआर प्रदेश सभाद्धारा स्वीकृत

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य अर्घाखाँची, साउन १८
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ थाप्लेबारीमा बन्न लागेको औद्योगिक ग्रामको गूरुयोजना सहित डिपिआर कार्य सम्पन्न भएको छ । प्रदेश ५ को एक निर्वाचन क्षेत्र बराबर एक औद्योगिक ग्राम कार्यक्रम अनुसार शितगंगा नगरपालिका वडा नं. १३ को थाप्लेबारी छनौट भई डिपिआरको काम सकिएको र गूरुयोजना सहित डिपिआर साउन १५ गतेको प्रदेश ५ को प्रदेश सभाले स्वीकृत गरिसकेकाले निर्माण कार्य छिटै सुरु हुने वडाअध्यक्ष दुर्गा बहादुर बिसिले बताए ।

संयौ बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउँने उद्देश्यले गुरुयोजनाका साथ उक्त स्थानमा औद्योगिक ग्रामका लागि छनौट भएको उनले बताए ।
प्रदेश ५ को प्रदेश सभाले स्वीकृति गरेको डिपिआरमा अस्पताल, प्रशासनिक भवन, औधाृगिक भवन, आराम गर्ने रुम, शौचालय, बोटानिकल गार्डेन, प्रशासनिक भवन लगायत आवश्यक सबै पक्षलाई उल्लेख गरिएको छ ।


प्रकाशित : २०७७ श्रावण १८, आईतवार १०:५७