सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परेर ८ जना बेपत्ता

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन १९, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।
वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पहिरोमा ९ जना पुरिएकामा एक जनाको उद्धार भएको छ । मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले अहिले पहिरोमा हराएकाहरुको खोजी गरिरहेका छन् ।


प्रकाशित : २०७७ श्रावण १९, सोमबार ०१:२९