शास्त्र र सरकार दुवैको नियम पालना गर्दै जनैपूर्णिमा मनाउन सुझाव

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन १९, काठमाण्डौ
शास्त्र र सरकार दुवैको नियम पालना गर्दै जनैपूर्णिमा पर्व मनाउन संस्कृतिविद्ले सुझाव दिएका छन् ।

संस्कृति जोगाउन शास्त्रको नियम र कोरोनाबाट जोगिनका लागि सरकारको नियम पालना गरेर जनैपूर्णिमा पर्व मनाउन संस्कृतिविद् डाक्टर चिन्तामणि योगीले सुझाव दिनुभएको छ । गएका वर्षहरुमा जस्तै गरी यो वर्ष जनैपूर्णिमा मनाउँदा कोरोना सङ्क्रमणको जोखिम हुन सक्छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सरकार र विश्व स्वास्थ्य सङ्गठनले भनेजस्तै सावधानीका उपाय अपनाएर चाडपर्व मनाउन उहाँले आग्रह गर्नुभएको छ । धर्म र संस्कृतिको नाममा मन्दिर, घर वा सार्वजनिक ठाउँमा भिडभाड गर्दा कोरोना सङ्क्रमण भयावह बन्न सक्ने भन्दै डाक्टरहरुले सचेत गराउँदै आएका छन् ।

त्यसैले जनै मन्तर्ने ठाउँदेखि पण्डित र डोरो वा रक्षासूत्र बाँध्ने व्यक्ति वा परिवारले सावधानी अपनाउन अपनाउन संस्कृतिविद् योगीले आग्रह गर्नुभएको छ । कोरोनाबाट जोगिनका लागि जनै मन्तर्ने लैजाँदा सामाजिक दूरी कायम गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

अहिलेको समय एकदमै होसियारीपूर्वक काम गर्नुपर्ने र चाडपर्व मनाउनुपर्ने समय भएकाले सकेसम्म आफ्नो(आफ्नो घरमा जनै मन्तर्न उहाँले सुझाव दिनुभएको छ । यस्तै रक्षा बन्धन बाँध्ने पण्डित वा पुरोहितहरुले हातमा डोरो वा रक्षासूत्र बाँध्नुको सट्टा अलग्गै दिएर व्यक्ति आफैँले बाँध्दा कारोना सङ्क्रमणको जोखिम पनि कम हुने र संस्कृतिको पनि संरक्षण हुने उहाँ बताउनुहुन्छ ।


प्रकाशित : २०७७ श्रावण १९, सोमबार ०२:३४