लुदअ कपिलवस्तु, साउन २०
हरितालिका तीजमा दिदीबहिनीको समस्या दर्शाउन खोजिएको तीज गीत ठुल्दिदी सार्वजनिक भएको छ । जनैपुर्णिमको अवसर पारेर सोमवार आर्टिस्ट म्युजिक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
सिलु भट्राई र नन्दु परियारको स्वर, गणेश अधिकारीको लय, बिष्णु भट्राईको निर्देशन, सिलु भट्राई, गणेश सापकोटा, सुमन पौडेल, दिपा बेल्बासे, सुनिता पोखेल, एन्जल भट्राई, अनिश कंडेल, रीता गैरे, प्रिन्सि सापकोटा र कृष्ण बेल्बासेको अभिनय रहेको छ भने कोरियोग्राफर सुमन पौडल रहेका छन् ।
भिडियोमा हरितालिका तीज नजिकिदै गर्दा महिलाहरुको पिडा र समस्यालाई चित्रण गर्न खोजिएको छ ।
भिडियो हेरेर आवश्यक सल्लाह सुझाव दिन उक्त गीतको टिमले आग्रह गरेको छ ।
भिडियो यहाँ छ ।