क्वारेन्टाईनका गार्डले गरे आत्म दाह

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल, साउन २०

रुपन्देहीको देवदहमा आफ्नै शरिरमा मट्टीतेल खन्याएर आगो लगाएका युवाको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ मितेरीटोल घर भई वडा नं. ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा आगो लगाएका थिए।
मंगलबार विहान ३ बजेतिर शरिरमा आगो लगाएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
शरिरमा आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि विहान बुटवल पठाईएको थियो ।
उनको उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नविन चुंदालीले जानकारी दिए ।
उनले आफ्नै शरिरमा किन आगो लगाएका हुन् भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ श्रावण २०, मंगलवार ०६:५९