सुनको भाउ बढेपछि जलप लगाइएका गरगहनामा आकर्षण

[sharethis-inline-buttons]

लुदअ साउन २३, काठमाण्डौ
कीर्तिपुर बस्ने दिना पौडेलले यो वर्षको तीजका लागि नक्कली सुन अर्थात् सुनको जलप लगाइएका सुनजस्तै देखिने गहना किन्ने योजना बनाउनुभएको छ । यसपालिको तीज नक्कली गहनाले टार्ने उहाँको तयारी छ ।

सुनजस्तै देखिने, सुनभन्दा धेरै नै सस्तो हुने भएकोले त्यही किन्ने विचार गरेको पौडेलले भन्नुभयो । नक्कली सुनमा आफूलाई मन लागेको डिजाइन रोजेर लगाउन पाइन्छ ।

‘फेरि हराइहाले पनि खासै डर मान्नु परेन’ उहाँ हाँस्दै भन्नुहुन्छ ‘यसपालि दिदी र म दुवै जना नक्कली गहना लगाउने विचारमा छौँ।’

पाल्पा घर भई कीर्तिपुरमा नै बस्दै आएकी सिर्जना भट्टराई पनि अहिलेको तीजमा नक्कली गहनाले नै टार्ने सोचमा हुनुहुन्छ । सुन लगाउन रहर लागे पनि सुनको भाउले आकाश छोएको र महामारीको बेला कम महत्वका काममा खर्च गर्ने समय नभएकाले नक्कली गहना किनेर सुनको रहर मेटाउन लागेको उहाँले बताउनुभयो ।


प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार ०२:१०