विद्युत प्राधिकरणका कार्यालय प्रमुख १ करोड २४ लाख घुस सहित पक्राउ

ByLumbini Darpan Online

२५ श्रावण २०७७, आईतवार ०२:१७ २५ श्रावण २०७७, आईतवार ०२:१७ २५ श्रावण २०७७, आईतवार ०२:१७

लुदअ साउन २५, महोत्तरी
नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाले नियन्त्रणमा लिएको छ ।

शनिबार काठमाण्डौ आइरहेका गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँ बराबरको चेकसहित अख्तियारको टोलीले सिन्धुली कमलामाई नगरपालिका(९ बाट पक्राउ गरेको हो ।

प्रक्रिया नपुर्याएर भुक्तानीका लागि चेक लिएर काठमाण्डौतिर लागेपछि आयोगको बर्दिबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

गुप्ता भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानीका लागि भन्दै चेक काटेर हिँडेको पाइएको उहाँले बताउनुभयो । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) का कर्मचारी हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *