उचालेर पछार्दा एकजनाको ज्यान गयो

 

बुटवल

रुपन्देहीको सियारी गाउँपालिकामा हासी मजाक गरि उचालेर पछार्दा एकजनाको ज्यान गएको छ । सियारी गाउँपालिका वडा नं ३ सितापुर बस्ने ४० बर्षिय ओमप्रकाश यादवले स्थानीय ५५ बर्षिय जंगबहादुर बेलदारलाई मादक पदार्थ सेवन गरेको समयमा हांसी मजाक गर्दै उचालेर पछार्ने क्रममा गम्भीर घाइते भएका थिए ।

भुईमा पछारिदा ढाड र कम्मरमा गम्भीर चोट लागेका बेलदारको सोमबार दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

गम्भीर अवस्था रहेपनी आर्थिक अवस्था कमजोर रहेका कारण उपचारको लागि सुविधायुक्त अस्पतालमा लैजान नसक्दा उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरिले घटनामा संलग्न यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै रुपन्देहीकै रोहिणी गाउँपालिकामा खाडलमा जमेको पानीमा डुबेर एक युवतिको सोमबार मृत्यु भएको छ । रोहिणी गाउँपालिका वडा नं. ३ हिरा ईट्टा उद्योगमा बस्ने गब्बु दर्जीको छोरी १८ बर्षिय आषिया दर्जीको सोही उद्योगको खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

आईतवार दिउसो हराएकी आषियालाई खोजी गर्दै जादा उद्योगको ईट्टा बनाउन माटो निकालिएको खाडलमा जमेको पानीमा सोमबार शव भेटिएको प्रहरीले जनाएको छ ।

 

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *