अविरल फिल्म्सको ‘भुरुरु उडेको चरी’ टिक टकमा भाइरल हुंदै (हेरौँ पुरा भिडियो)

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, साउन २७
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा आम दर्शकको माझमा विभिन्न खाले गीत संगीत बजारमा सार्बजनिक हुदै गर्दा कति मौलिक गीत छन् भने कति छाडा र अपाच्य खालका पनि गीत छन् तर अविरल फिल्म्सले आफ्नै प्रस्तुतिमा र बजार ब्यबस्थापनमा अत्यन्तै दर्शकको मन जित्ने खालको गीत ‘भुरुरु उडेको चरी’ बजारमा ल्याएको छ । सार्बजनिक भएको छोटो समयमै टिकटकमा सोहि गीतका सम्पूर्ण टुक्का भाइरल भएका छन् । देवी घर्ती, पुरुषोत्तम गैरेको स्वर रहेको तीज गीतमा पुरुषोत्तम गैरेकै लय रहेको छ भने बिमल पौडेलको सब्द रहेको छ ।

बिबाहित जोडीको माया प्रेमलाइ जोडिएको गीतमा सुमन पौडेल , आश्विनी पाण्डे , परि शर्मा , बिनोद पराजुली र साधना भण्डारीको प्रस्तुति देख्न सकिन्छ । बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादन रहेको भिडियो बुटवलको बिगचेयर रिसोर्टमा छायांकन गरिएको छ । सगुन शर्माको श्रींगार रहेको भिडियो अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको छ । गीत अत्यन्तै मौलिक र सबैको मुखमा झुन्डिने खालको भएर पनि आम दर्शकको रोजाइमा परेको निर्देशक बिष्णु भट्टराई बताउँछन ।

हेरौँ सबैको मुखमा झुण्डिन सफल गीत ‘भुरुरु उडेको चरी’ को पुरा भिडियो


प्रकाशित : २०७७ श्रावण २७, मंगलवार ०९:३५