सप्तरीमा १ कोरोना संक्रमितको मृत्यु

[sharethis-inline-buttons]

लुदअ साउन २८, काठमाडौं
सप्तरीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ७२ वर्षीय वृद्धको मृत्यु मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। चार दिनअघि ज्वरो आएको र स्वाब परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको सप्तरीका जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए।

मृतक मुटु, थाइराइड, सुगर र उच्च रक्तचापका पीडित थिए। यो सँगै जिल्लामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि जिल्लाको रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुष र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धमा कोरोना संक्रमण भएर मृत्यु भएको थियो।


प्रकाशित : २०७७ श्रावण २८, बुधबार ०२:१५