विदेशबाट आउनेलाई अब काठमाडौंकै क्‍वारेन्टाइनमा राखिने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन २८, काठमाडौं
सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नागरिकको उद्धार संख्या कम गर्ने भएको छ। यसअघि विभिन्‍न जहाज चार्टर्ड गरेर एकै दिन सयौँको उद्धार गरिए पनि अब त्यो संख्यामा कमी आउने भएको छ। कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र सिसिएमसीका प्रवक्ता महेन्द्र गुरागाईंले अब विदेशबाट नेपाली ल्याइँदा काठमाडौंको स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन पक्षलाई ख्याल गरेर ल्याइने बताए।

सरकारले सुरुबाटै समस्या हेरेर नागरिकहरुको चरण–चरणमा उद्धारको काम गरिरहेको छ। यसअघि उद्धार गरिएकालाई सम्बन्धित स्थानीय तह तथा प्रदेश सरकारसँगको समन्वयमा त्यसतर्फ पठाइने गरिएको थियो। तर अब भने उनीहरुलाई काठमाडौंमै क्वारेन्टाइन बनाएर राखिने गुरागाईंले बताए।

क्वारेन्टाइनमा बसिसकेपछि पिसिआर विधिबाट कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने व्यवस्था मिलाइएको प्रवक्ता गुरागाईंले बताए। उनका अनुसार यो खालको व्यवस्था मिलाइएपछि संख्यात्मक रुपमा कम उद्धार हुनेछ। उनले भने, ‘अब काठमाडौंकै होटलमा क्‍वारेन्टाइन बनाएर पिसिआर जाँचपछि मात्रै पठाउने भन्‍ने थप व्यवस्था मिलाइएको छ।’ उद्धार गरिनेको अलिकति संख्या कम गर्नुपर्ने उनले जनाए। उनका अनुसार उद्धार गरिएकाको संख्या धेरै भइसकेकाले अब थोरै मात्र ल्याउन बाँकी छ। जसअनुसार उडान संख्या कम गरिने र तेस्रो मुलुकबाट आएकालाई उपत्यकामै राखेर पिसिआर गरी त्यस आधारमा घर पठाइने छ।


प्रकाशित : २०७७ श्रावण २८, बुधबार ०२:१९