देशैभर आईसोलेशनको समस्या भईरहेका बेला कपिलवस्तुका आइसोलेशन प्रयोग बिहीन

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, साउन २८
होम आइसोलेशनका कारण संक्रमितहरु समस्यामा परीरहेका बेला कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेका २ आईसोशने सेन्टर भने प्रयोगबिहीन छन । महिला तथा बालबालिका कार्यालय र जहदी स्वास्थ्य चौकी आइसोलेशन सेन्टर प्रयोगबिहीन बनेका हुन् । प्रदेश नम्बर ५ सरकारको सहयोगमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ चपरतल्ला स्थित महिला तथा बालबालिका कार्यालयमा प्रशासन कार्यालयले २ महिना अघि निर्मााण गरेको आइसोलेशनमा अहिले सम्म प्रयोग बिहिन अवस्थामा छ ।

लकडाउनका बेला भाडामा बसेको लिडो संस्थालाई बलपुर्वक हटाईएर आइसोलेशन सेन्ट बनाईएको थियो । तर त्यहा अहिले सम्म एक जना बिरामी समेत राखिएको छैन । उता नगरपालिकाको अगुवाईमा जहदी स्वास्थ्य चौकीमा बनाईएको आइसोलेशन समेत अहिले खाली छ । सरकारले होम आइसोलेशनलाइृ जोड दिए पछि ती दुबै आईसोलेशन सेन्टर प्रयोगबिहीन बनेको हो । ती दुबै आइसोलेशन सेन्टरलाईृ र्सचालनमा ल्याउनु पर्ने सरोकारवालाहरुले माग गरेका छन ।


प्रकाशित : २०७७ श्रावण २८, बुधबार ०२:२८