सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरियो, ५ घरका सदस्य सम्पर्क विहीन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ साउन ३०, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिपीमा पहिरोले १३ वटा घर पुरेको छ ।

जुगल गाउँपालिका वडा नम्बर २ लिपीमा बिहान झरेको पहिरोले १३ घर पुरिएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बताउनुभएको छ ।

१३ घरमध्ये ५ घरका परिवार सम्पर्कविहीन भएका छन् । अरु १५ जना सामान्य घाइते भएको नेपालले जानकारी दिनुभयो । पहिरोले घर पुरेपछि प्रभावितहरु नजिकैको सुरक्षित ठाउँमा बसेका छन् ।

पहिरोका कारण ३० घरहरु जोखिममा रहेका छन् । अहिले उद्धारको काम सुरु भएको छ । हेलिकप्टर तथा प्रहरीको टोली बोलाएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।


प्रकाशित : २०७७ श्रावण ३०, शुक्रबार ०३:५०