कालीकोटको महाबैमा पहिरो : ६ जना बेपत्ता

[sharethis-inline-buttons]

लुदअ साउन ३०, कालीकोट
कालीकोटको महाबै गाउँपालिका ३ नकुमा पहिरो जाँदा ६ जना बालबालिका बेपत्ता भएका छन् ।

बिहीबार राति रजबहादुर बिष्टको घर पहिरोले पुरिँदा बिष्टका २ छोरी, दुई छोरा र बिष्टका दाजु डिलबहादुर बिष्टका २ छोरी पहिरोमा पुरिएको स्थानीय खेमबहादुर सिंहले बताउनुभयो ।

घटनास्थलमा स्थानीयले उद्धार गरिरहेका छन् । प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्यामबाबु ओलीयाले बताउनुभयो ।


प्रकाशित : २०७७ श्रावण ३०, शुक्रबार ०३:५२