कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो, थप १ जनाको ज्यान गयो

ByLumbini Darpan Online

३१ श्रावण २०७७, शनिबार ०८:२४ ३१ श्रावण २०७७, शनिबार ०८:२४ ३१ श्रावण २०७७, शनिबार ०८:२४

लुदअ  कपिलवस्तु, ३१ साउन
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । कपिलवस्तु घर भएका ४२ वर्षीय पुरुषको आईसीयुमा राखेर उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

मृतकको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र त्यसपछि पुनः पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको डा. गौतमले बताए ।

उनको फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको डा. गौतमले जानकारी दिए ।

यसअघि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । यो कपिलवस्तुमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुग्यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *