
थानेश्वर अधिकारी,कपिलवस्तु ।
गायक बिक्रमजंग शाह र गायिका सिर्जु अधिकारको स्वरमा रहेको काठे क्षेत्रको गीत “खोला खोल्सी हे माया पलायो निहुरो” यतिबेला टिक टक कर्मीको रोजाइमा परेको छ।
उक्त गीतको भिडियो निर्माणको क्रममा छ अडियो टिक टक चर्चामा रहेको छ। टिकटकमा गीत निकै चर्चामा छ भिडियो चाही किन ढिला भन्ने प्रश्नको जवाफमा गायक शाहले भने, “हामीले नयाँ तर उत्कृष्ट टिकटक बनाउनेलाई यो गीतमा अभिनय गर्ने मौका दिनेछौं” उत्कृष्ट भिउज र अभिनयको आधारमा भिडियोमा अभिनय गर्ने अवसर दिइनेछ।
टिकटक बनाएर गायक बिक्रम जंग शाह र गायिका सिर्जु अधिकारी र अमृत खातीको म्यासेन्जरमा पठाउनु पर्ने छ। सो गीतमा स्वर बिक्रम जंग शाह र सिर्जु अधिकारीको रहेको छ। गायक शाहको शब्द सिर्जना रहेको गीतमा अमृत खातीले लय भरेका छन्।
गीतको अडियो …………
https://youtu.be/YrK7EfOkG4I?t=15

