
लुदअ कपिलवस्तु, भदौ १
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ मा एक जना कोरोनाा संक्रमित भेटिएका छन् । शितगंगा नगरपालिका वडा नं. १३ मा पिसिआर रिपोर्ट पोजेटिभ आएको यो पहिलो केस हो । कोरोना संक्रमित हुनेमा शितगंगा १३ का २४ बर्षिय पुरुष रहेका छन् । उनी केहि दिन अगाडि दुवईबाट आई होम क्वारेन्टाईनमा बसेका थिए ।
वडाध्यक्ष दुर्गा बहादुर बिसिको सिफारिसमा पिसिआर गरिएकोमा रिपोर्ट पोजेटिभ आएकोले कन्ट्रयाक ट्रेसिङको कार्य पनि सुरु गरिने बताईएको छ ।
उनलाई कहाँको आईसोलेसनमा लैजाने भन्नेबारे निर्णय गर्न वडा नं. १३ को आकस्मिक बैठक सूरु गरेको वडा नं. १३ का वडाध्यक्ष दुर्गा बिसिले जानकारी दिएका छन् ।

