कोरोनाको जोखिम फैलन नदिन शितगंगा १३ मा कडाई, यस्ता छन् निर्णय

ByLumbini Darpan Online

४ भाद्र २०७७, बिहीबार ०३:१० ४ भाद्र २०७७, बिहीबार ०३:१० ४ भाद्र २०७७, बिहीबार ०३:१०

लुदअ अर्घाखाँची, भदौ ४
कोरोना भाईरसको संक्रमण फैलिन नदिनका लागि अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ को बिपद ब्यबस्थापन समितिको आपतकालीन बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष दुर्गा बिसिको अध्यक्षता रहेको बैठकमा वडा सदस्य, वडाभित्रका कार्यलय प्रमुख, राजनैतिक दल र स्वमसेबिकाको उपस्थिति रहेको थियो ।

बैठकले पछिल्लो समय दुबैबाट आइ होम क्वारेन्टाइनमा बसेका २४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै वडा नं. १३ मा कोरोना संक्रमणको जोखिम कम गर्न र संक्रमण नियन्त्रणको लागि आवश्यक रणनीति बनाइ पालना गर्नको लागि सबैलाई आग्रह गरेको छ ।

साथै उक्त बैठकले मिति भदौ १ गते देखि लागु हुनेगरी अर्को निर्णय नहुन्जेल सम्म वडा पुर्ण सिल गर्ने र अन्य जिल्ला तथा दिस्रो देशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । वडा भित्र रहेका सबै कार्यलय बन्द गर्ने निर्णय गरेको छ ।

साथै हरितालिका तिजको अबसरमा हुने नाचगान, जमघट निषेध गरी घरमै मनाउन सबै वडा बासिमा अनुरोध समेत गरेको वडा अध्यक्ष दुर्गा बिसीले जानकारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *