Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

बाँके, रुपन्देही र कपिलवस्तुका शहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र

लुदअ भदौ ३, कपिलवस्तु
कोरोना संक्रमितको संख्या न्यून हुनासाथ लकडाउन खुलेर चहल पहल सुरु भएको प्रदेश नं. ५ स्थित तराईका जिल्लामा समुदायस्तरमै कोरोना फैलन थालेको छ। कोरोना जित्ने तयारीमा रहेको प्रदेशमा एकाएक यातायात विवरण नभएकामा संक्रमण देखिन थालेपछि कोरोनाको खतरा बढेको छ। प्रदेशका तराई मधेस क्षेत्रमा ५ जिल्लामध्ये बाँके, कपिलवस्तु र रुपन्देहीमा समुदायमा कोरोना बढ्दो क्रममा रहेको छ। यी जिल्लाका सहरी क्षेत्रमा संक्रमित बढ्न सुरु गरेका छन् ।

नेपालगन्ज, बुटवल, भैरहवा, तिलोत्तमा, तौलिहवा, कृष्णनगर बजार क्षेत्रमा संक्रमण देखिएको छ। सहरी क्षेत्रमा समुदायबाट सङ्कलन गरेका स्वाब परीक्षण नतिजा पोजेटिभ देखिएका छन्। समुदायमा देखिएपनि सरकारी अधिकारी समुदायमा संक्रमण फैलिएको मान्दैनन्। ‘अहिले देखिएको समुदायमा नभई कलस्टर लेभलमा कोरोना देखिएको हो, प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरी भन्छन्‌, ुबैङ्क, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, व्यापारी, शिक्षक र कर्मचारीमा कोरोना देखिएको छ।

कलस्टरमा पुगेको हुँदा अब समुदायमा फैलिने खतरा रहेको छ। सरकार, प्रशासन मात्र सजग नभई अव नागरिक आफै सचेत हुनु जरुरी रहेको छ।’ शहर डुल्दै कोरोना प्रदेश नम्बर ५ का जिल्लामध्ये बाँकेमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्‌। नेपालगन्ज उपमहानगरपालिकामा मात्र समुदायसमै बसिरहेका १५० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। सेना, प्रहरी र अदालतका गरी दर्जनौं कर्मचारी संक्रमित भएका छन्‌।

समुदायका संक्रमणका हिसाबले कपिलवस्तु दोस्रो स्थानमा परेको छ। जिल्लामा भेटिएका सबै संक्रमित समुदायमै बसिरहेका व्यक्ति हुन्‌। कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार र भारतबाट छिर्ने इन्ट्री प्वाइन्ट तोकिएको कृष्णनगर नगरपालिकाका समुदायमा जाँच गर्दा संक्रमित फेला परेका छन्। तौलिहवा बजारमा मात्र एक सय बढी कोरोना संक्रमित फेला परेका हुन्। रुपन्देही जिल्लाका सबै स्थानीय तह यतिबेला कोरोना कहरमा फसेको छ। सबै भन्दा धेरै संक्रमित प्रदेश राजधानी बुटवल, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रहेका छन्‌।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *