निषेधाज्ञा उल्लङ्घन गर्ने धमाधम कारवाहिमा कपिलवस्तुमा प्रहरीमा संक्रमण बढ्दै , ३६ जना संक्रमित, ६ डिस्चार्ज

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

मोहन बेल्वासे

कपिलवस्तुमा कोरोना संक्रमणको उच्च जोखिममा प्रहरी पर्न थालेसंगै सुरक्षा संवेदनशिलता बढ्दै गएको छ । निशेधाज्ञा उल्लङ्गनका घट्ना बढ्न थालेपछी प्रहरी फन्ट लाईमा काम गर्दै आएका थिए । यसरी सामाजिक सुरक्षाबाट जनतालाई सुरक्षित र सुसुचित पार्ने प्रहरी नै संक्रमणको उच्च जोखिम बढ्न थालेपछी सिंगो प्रहरी युनिट नै तनावमा छ । कपिलवस्तुमा भने उल्लङ्गन गर्ने क्रम बढे्को छ । निषेधाज्ञाका समयसिमा थपिय संगै उल्लङ्गन पनि बढ्ेको हो । मुख्य राजमार्ग देखि ग्रामिण भेगमा होटलहरुमा समेत भिड बढ्दै गएको हो । खाँसगरि साझको समयमा होटलहरुमा भिड्भाड बढ्ेको हो ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख नमराज अधिकारीले जिल्ला प्रशासन कार्यालयका सहायक सि.डि.ओ को नेतृत्वमा अनुगमन टोली खटिएको र प्रहरी नै जोखिममा पर्दै गएको हुदा जरिवाना र सम्झाउने बुझाउने गरिएको बताए ।
डि.एस.पि एवम् प्रहरी प्रवक्ता सुनिल मल्लले हालै मात्र जिल्ला प्रहरी कार्यालयका २६ र आज मात्र कृष्णनगर क्षेत्रका १० प्रहरी कोरोना संक्रमित भएको हुदा आवश्यक जनशक्ती समेत अभाव भएको बताए । आज मात्र कृष्णनगर नगरपालिका क्षत्रका २४ जनामा संक्रमण देखा परेको र जसमध्ये १० जना प्रहरी रहेको जिल्ला जन स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् । यता प्रशासन कार्यालयबाट प्राप्त १ सय को कारवाहि रसिदबाट ३ सय ३९ जना कारवाहिमा परेको र ३३ हजार ९ सय राजश्व उठेको प्रहरीले जानकारी दिएको छ ।
उता
महानगरीय प्रहरी कार्यालय, रानीपोखरी प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेका हरुलाई होल्डिङ्ग कारवाहि शुरु गरेको छ ।
यसरी उल्लङ्घन अभियोगमा एक हजार १७० जना कारबाहीमा परेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई कारबाही गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको छ ।

बिहीबारबाट प्रशासनले उपत्यकाका तीन जिल्लामा साता व्यापी निषेधाज्ञा लागू गरेको छ । पहिलो दिनमा विना काम निस्किएका ४१५ वटा दुई पांग्रे र एक सय ७९ वटा चार पांग्रे सवारीसाधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘सवारीसाधनको हकमा स्क्रिनिङ गर्छौं, चित्तबुझ्दो जवाफ नआए कानुनी कारबाही पनि हुनसक्छ’, पोखरेलले भने ।


प्रकाशित : २०७७ भाद्र ४, बिहीबार ११:४१