Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

आज हरितालीका तीज : पशुपति लगायतका शिवालयहरु बन्द, सामूहिक भेला हुन रोक

लुदअ ५ भदौ, काठमाडौं
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् । बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए ।

‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *