उत्कृष्ट अभिनय रहेको “दमिनी” मा करिव १ लाखको नजर (भिडियो सहित)

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, भदौ ५
समाजमा व्याप्त रहेको छुवाछुत प्रथा बिरुद्धको आवाज एक प्रेम कथामा आधारित तीज गीत “दमिनी”सार्वजनिक भएसंगै हेर्नेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । सार्वजनिक भएको छोटो समयमै नहुँदै १ लाख दर्शकको नजर परिसकेको छ ।

अविरल फिल्म्सको युटूव च्यानल देखि सार्बजनिक भएको भिडियोमा हेमराज नेपाली र शर्मिला गुरुङको स्वर, बिष्णु भट्राईको निर्देशन, असीम कंडेल क्षेत्री, आकृति तिमिल्सिना, पबित्रा सोमै मगर, तिलक पाण्डे, रीता पाण्डे, बिष्णु भट्राई र अजय पाण्डेको अभिनय रहेको छ ।


विशेष गरी सरकारले जातीय विभेद विरुद्धका विभिन्न ऐन नियम निर्माण गरेपनि समाजमा कार्यान्वयन नभएको जातीय विभेदलाई यथार्थलाई चित्रण गरिएको छ ।

खासगरी समाजमा भनिने तल्लो जातको माथिल्लो जातको युवा यूवतीबिच रहेको गहिरो प्रेम कहानीलाई समाजले तिरस्कृत गरी गाउँ नै निकाला गरि उनीहरु आफ््नो प्रेमलाई सफल बनाउँन धेरै टाढा जाने समाजको यथार्थतालाई भिडियोमा देखाईएको छ ।

आखीर जुन जातको भएपनि जात भन्दा ठुलो विचार र प्रेम हो भन्ने सन्देश उक्त भिडियोबाट एक प्रेम जोडिले दर्शाएको छ ।

भिडियो हेरेर आवश्यक प्रतिक्रिया दिन उक्त भिडियो टिमले आग्रह गरेको छ ।

भिडियो


प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार ११:४६