ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सुस्त भयो कोरोना परीक्षण : बुटवलमा मलामी गएकाहरुमा धमाधम देखिन थाल्यो कोरोना

लुम्बिनी दर्पण २०७७ भाद्र ६, शनिबार १०:३९
[sharethis-inline-buttons]

लुदअ बुटवल, भदौ ६
बुटवल उपमहानगरपालिका–११ स्थित कालिकानगरकी एक महिलाको मृत्यु भएपछि उनको मलामी गएका तथा मलामीको सम्पर्कमा रहेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कन्ट्याक्टको ट्रेसिडको आधारमा हालसम्म १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने थप ७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

साउन १७ गते कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो । उनी क्यान्सरको उपचारका लागि अस्पतालमा पुगेकी थिइन् ।
त्यहाँ आफन्तहरुले कोरोना परीक्षणको विषयमा सोध्दा किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदिएको उनीहरुको भनाइ छ ।
सामान्य मृत्युजस्तै ठानेर छिमेकी र नातागोता १८ गते बुटवलको मैनाबगरमा मलाली पुगेका थिए । त्यहीँबाट कोरोना सरेको धेरैको बुझाइ छ ।

त्यसपछि मलाली पुगेका र मृतकका आफन्तहरुको कन्ट्याक्ट ट्रेसिड गर्न सुरु गरिएको हो । जसमा हालसम्म ३८ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको छ । ७ जनाको रिपोर्ट आउन बाँकी छ ।
कोरोनाको आशंकामा सुरुमा कोरोना परीक्षण गराउने मृतकका देवर हाल बुटवल उपमहानगरपालिकाले निर्माण गरेको एन्फा एकेडमीको आइसोलेसन अस्पतालमा बसेका छन् । अस्पतालका अध्यक्ष, अपसेरन गर्ने चिकित्सक र अस्पतालका सूचना अधिकारीसँग यसबारे बुझ्दा मृतकमा कोरोनाको हुनसक्ने कुनै आधार नभएको बताएको आफन्तको भनाइ छ ।

मृतकका देवरले रातोपाटीसँग भने, ‘मृतकमा कोरोना भएको डाक्टरले भनेका छैनन् । हामी कतै अन्य मानिसहरु सम्पर्कमा थिएनौँ, बरु शव ल्याउने एम्बुलेन्स र छोरी ज्वाइँलाई काठमाडौबाट बुटवल ल्याएको एम्बुलेन्सबाट सरेको हो कि भन्ने आशंका छ ।

१७ गते राति मृत्यु भएपछि शब एम्बुलेन्समा राखेर बुटवल १८ गते बिहान ल्याइएको थियो भने काठमाडौमा बस्ने छोरीज्वाईँहरु पनि एम्बुलेन्समा दिउसो १ बजे बुटवल आएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुटवलमा कोरोना संक्रमण समुदायमै पुगिसकेको छ ।

पछिल्लो समय दिनदिनै बढिरहेका संक्रमितले पनि बुटवलमा संक्रमणको क्रम तीव्र रहेको तथ्यांकले देखाउँछ । बुटवलमा अहिलेसम्म १४४ जनामा संक्रमण देखिएको छ । बुटवल ११ मा सवैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । जहाँ ती मृतकका आफन्त, मलामी जाने टोलछिमेकी र किरियाकर्म गराउने पण्डितलाई समेत गरी १८ संक्रमण पुष्टि भएको छ। अन्य वडामा भन्दा धेरै संख्या देखिनुमा सो घटना पनि रहेको नगरपालिकाले स्वास्थ्य माहाशाखाले जनाएको छ ।

नगरपालिका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले महिलाको मृत्युपछि मलामी गएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिड सकिएको बताए ।
बुटवल उपमहामहानगरपालिकाले साउन २९ गतेदेखि घोषणा गरेको लकडाउनपछि सडकमा मानिसको उपस्थिति निकै कम छ ।

उपमहानगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन जारी राखेको छ। यद्यपि बुटवलमा कोरोनाका संक्रमित थपिँदै गएपछि आइसोलेसनका बेड भरिएका छन्। अहिले थपिएका संक्रमितलाई घरघरमै सुरक्षित रूपमा बस्न आग्रह गर्दै आएको महाशाखा प्रमुख खनालले बताए । उनले बुटवलका अझै खतरा रहेकोले परीक्षण दायरा बढाउन लागिएको बताए । बुटवलको लकडाउन पनि अझै थप्नुपर्ने उनको भनाइ छ ।

रिपोर्ट आउन ढिलाइ
कालिकानगरकी ती महिलाको मृत्यु १७ गते राति भएपछि उनका आफन्त मलामी गएकाहरु कन्ट्याक्ट ट्रेसिड सामान्यतः एक हप्तामा सक्नुपर्ने हो । तर २२ गते मृतकको देवरको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि मलाली गएका र संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरुले पीसीआर गर्नका लागि स्वाब दिए । तर अझै ७ जनाको रिपोर्ट आएको छैन । उनीहरुको स्वाब भैरहवामा रहेको गहुवाली कोरोना ल्यावमा पेन्डिङमा रहेको छ ।

मलाली गएकामध्ये कोरोना पोजेटिभ देखिएका कोही बुटवलको एन्फा एकेडमीमा रहेको आइसोलेसन अस्पतलमा बसेका छन् भने केही घरमै आइसोलेट बनेर बसेका छन् । उनीहरु सवैको स्वस्थ्य अवस्था राम्रो रहेको छ । उनीहरुमा कोरोनाको लक्षण पनि देखिएको छैन।


प्रकाशित : २०७७ भाद्र ६, शनिबार १०:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech