ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोनाका कारण शिशु मृत्युदर बढ्यो : शिशुको स्याहारमा ध्यान दिन विज्ञको सुझाव

लुम्बिनी दर्पण २०७७ भाद्र ७, आईतवार ०२:४६
[sharethis-inline-buttons]

लुदअ भदौ ७, काठमाण्डौ
केही दिनअघि मात्रै नेपालमा नवजात शिशुको मृत्युदर तीन गुणाले बढेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भयो । विश्वकै सबैभन्दा पुरानो स्वास्थ्य सम्बन्धी जर्नल ल्यानसेटले कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनपछि नेपालमा शिशुको मृत्युदर तीन गुणाले बढेको जनाएको थियो ।

यस्तै अध्ययनमा स्वास्थ्य संस्थामा हुने जन्ममा पनि ५० प्रतिशतले कमी आएको जनाइएको थियो । यस्तै जन्मेको २४ घण्टाभित्रै सुत्केरीमा हुने समस्याका कारण नवजात शिशुको मृत्युदर पनि उच्च रहेको देखिएको छ । नवजात शिशु मृत्युदरमा दुई तिहाई शिशुको मृत्यु २४ घन्टा भित्रै हुने गर्छ ।

परिवार कल्याण महाशाखाका अनुसार नेपालमा हरेक वर्ष ६ लाख ५० हजार शिशु जन्मिने गरेका छन् । हरेक महिना झण्डै ३४ हजार महिला गर्भवती हुने गरेको सरकारी तथ्यांक छ । प्रत्येक हजार जीवित शिशुको जन्म हुँदा २१ को ज्यान जान्छ । यसअनुसार नेपालमा नवजात शिशु मृत्युदर अर्थात् जन्मेको पहिलो २८ दिनभित्र हुने मृत्युदर झनै बढी छ ।

धनीभन्दा गरिबमा शिशु मृत्युदर उच्च

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रत्येक हजारमा ३९ रहेको छ । यसरी ज्यान जानेमा धनीभन्दा गरिब वर्गका धेरै भएको पाइएको छ । कम उमेरमा बच्चा जन्माउनाले पनि शिशु मृत्युदर बढेको छ । शिशु मृत्युदर कम गर्नका लागि सरकारले नवजात शिशुको सबै उपचार निःशुल्क गरेको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।

अहिले प्रतिहजार जीवित जन्ममा २१ को ज्यान जाने गरेकोमा आउने सन् २०३० सम्ममा १२ मा झार्ने सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वर्षयता मातृशिशु मृत्यु कम गर्न विभिन्न कार्यक्रम गरेको भए पनि सुधार भने हुन सकेको छैन

एक वर्षमा मात्रै १५ सय ३९ शिशुको ज्यान गयो

परिवार कल्याण विभागकी नर्सिङ अफिसर लक्ष्मी मरासिनी आचार्यका अनुसार आर्थिक वर्ष २०७६र०७७ मा मात्रै देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा १५ सय ३९ शिशुको ज्यान गएको छ । जसमध्ये जन्मेदेखि २७ दिनभित्र २१ प्रतिशतको ज्यान जाने गरेको छ ।

एक घण्टाभित्र १७ प्रतिशत, २४ देखि १ सय ६७ घण्टामा २२ प्रतिशत र १ देखि २३ घण्टाभित्र ४० प्रतिशत शिशुको ज्यान जाने गरेको छ । ज्यान जानुमा निमोनिया, कुपोषण, इन्फेक्सन, गर्भावस्थामा हुने जटिलता लगायतका कारण देखिएको छ ।

घरमा हुने शिशु मृत्युदर बढ्यो

कोरोनाका कारण भएको लकडाउनपछि घरमै ज्यान गुमाउने शिशुको संख्या झनै डरलाग्दो छ । लकडाउनको अवधिको तीन महिनामा निकालिएको तथ्यांकमा एक हजार ३८ शिशुको घरमै र २ सय ८४ शिशुको स्वास्थ्य संस्थामा ज्यान गएको छ ।

यो तथ्याङ्क गएको वर्षको तुलनामा निकै नै बढी हो । पहिला घरमा भन्दा स्वास्थ्य संस्थामा हुने शिशुको मृत्युदर बढी हुने गरेको थियो । मानिसमा कोरोनाको डरका कारण अस्पताल नजानाले पनि घरमा हुने मृत्युदर बढेको हुन सक्ने पोषणविद् डाक्टर कल्पना तिवारी बताउनुहुन्छ ।

कतिले अस्पताल जानका लागि सहज वातावरण पनि पाएनन् । कतिपयले भने वातावरण पाए पनि कोरोनाको सङ्क्रमण हुन सक्ने डरले अस्पताल गएनन् । घरमै जोखिम मोलेर सुत्केरी हुँदा शिशु मृत्युदर बढेको हुन सक्ने उहाँको भनाइ छ ।

गर्भावस्थादेखि नै ध्यान दिन आवश्यक

शिशु मृत्युदर नेपालमा पहिलेदेखि नै उच्च छ । शिशुको ज्यान जाने अरु पनि धेरै कारण छन् । निमोनिया, कुपोषण, डायरियालगायतका कारण शिशुको ज्यान जाने गरेको पोषणविद् कल्पना तिवारी बताउनुहुन्छ । कतिपय शिशु जन्मँदा नै कुपोषित भएर जन्मने भएकाले जन्मेको २८ दिनभित्र नै ज्यान जाने सम्भावना धेरै हुन्छ ।

गर्भावस्थादेखि नै आमाले खानपानमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । बच्चा पेटमा भएदेखि नै सरसफाई र पोषिलो खानेकुरा खानुपर्छ । बच्चा जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराएमा शिशु मृत्युदर कम हुने सम्भावना हुन्छ । डाक्टरहरुकाअनुसार स्तनपानले बच्चामा खोपको काम गर्छ ।

ग्रामिण क्षेत्रमा शिशु मृत्युदर बढी हुनुमा भने चेतनाको अभाव, कम उमेरमा विवाह लगायतका कुराहरु बढी जिम्मेवार छन् । गर्भावस्थामा आमालाई साविकको बेलाभन्दा पोषिलो खानेकुरा खुवाउनुपर्ने हुन्छ । प्रशस्त आराम पनि आवश्यक पर्छ । तर ग्रामिण क्षेत्रमा यी कुरामा खासै ध्यान दिने गरेको पाइँदैन ।

शिशु मृत्युदर उच्च हुनुमा कोरोनालाई मात्र दोष दिन नमिल्ने डाक्टर तिवारी बताउनुुहुन्छ । नेपालमा पहिला पनि शिशु मृत्युदर उच्च थियो । शिशु मृत्युदर कम गर्नका लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने उहाँको भनाई छ ।

साढे २ किलोभन्दा कम तौलको शिशु जन्मिएमा बढी ध्यान दिनुपर्छ । जन्मेको १ घण्टाभित्र शिशुलाई स्तनपान गराउनुपर्छ । आमालाई कोरोना भएको छ भने पनि सावधानी अपनाएर शिशुलाई दुध चुसाउन सकिने उहाँ बताउनुहुन्छ ।

आमाको दूधबाट कोरोना भाइरस सर्दैन । आमाको दूधले बच्चालाई रोग प्रतिरोधात्मक क्षमताको विकास गराउन सहयोग पुग्छ । यस्तै कम तौलको बच्चा जन्मिएको छ अथवा कुपोषित शिशु जन्मिएको छ भने कंगारु केयर अर्थात् बच्चालाई छातीमा टाँसेमा छिटो बढ्ने र अरु रोगसँग लड्न सक्ने क्षमताको विकास हुने उहाँ बताउनुहुन्छ ।

डा. तिवारी भन्नुहुन्छ, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको शिशुलाई विभिन्न किसिमका रोग लाग्न नदिनु हो । लागिहाल्यो भने सुरक्षाको उपाय अपनाउँदै अस्पताल लैजानु पर्छ ।’ सानोतिनो समस्या मात्रै छ भने फोनमार्फत् विज्ञको सल्लाह लिन सकिने उहाँ बताउनुहुन्छ ।
उज्यालोबाट साभार


प्रकाशित : २०७७ भाद्र ७, आईतवार ०२:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech