Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

ग्रामीण समुदायका कृषकको साहारा बन्दै शितगंगा दुग्ध सहकारी

हरि आचार्य अर्घाखाँची, भदौ ८

दुःख गरेर भैंसी गाई पाल्यो उत्पादन गरेको दुध कहिले आफ्नो मेहनत अनुसार मुल्य पाईदैनथ्यो, कहिले विक्रि गर्ने ठाउँ पाईदैनथ्यो, कमल दुध डेरी स्थापनाभए पछि हामी जस्ता कृषकहरुको घाउमा मलम लगाएको छ’ शितंगा नगरपालिका रजियाका बोम प्रसाद पोख्रेल भन्छन् । साच्चिकै ग्रामिण समुदायका कृषकहरुले जिविकोपार्जनका लागि एक बिहान लगाई एक भारी घाँसको जोहो गर्छन् गाई भैंसी पाल्छन्, उनीहरुले उत्पादन गरेको दुग्ध जन्य पदार्थले कहिले बजार पाउदैन त कहिले उचित मुल्य !

तर अर्घाखाँचीको शितगंगा नगरपालिका ठाडमा कमल दुध डेरीस्थापना भएसंगै विभिन्न वडाका कृषकहरु अहिले दंग छन् । धेरै समय देखि आफुले उत्पादन गरेको दुधले बजार र उचित मुल्य नपाएको समस्या झैल्दै आएका कृषकहरु वि.स.२०७३ सालमा कृषकहरुको मागलाई मध्यनजर गर्दै स्थापना भएको कमल दुध डेरी अहिले साच्चिकै कृषकहरुको साहारा बन्न पुगेको छ ।

कृषकहरुलाई मध्यनजर गर्दै वि.स. २०७६ सालमा फेरी शितगंगा दुग्ध सहकारी स्थापना गरियो । सानो शहर, प्रविधिको विकास नहुनु, परम्परागत रुपमा पशुपालन गर्दै आएका कृषकहरुलाई सहकारी स्थापना भएसंगै अहिले उनीहरुले उत्पादन गरेका दुग्धजन्य पदार्थहरुको सहकारीले तथ्यांक संकलन गर्छ त्यस पछि सोझै कमल दुध डेरीले उचित मुल्यमा खरिद गर्ने गरेको छ ।

सहकारीमा अहिले शितगंगा नगरपालिका वडा नं. २, ३, ४, ५, १२, १३ लगायत अन्य वडाका गरी १ सय देखि १ सय ५० कृषकहरु आवद्ध छन् । उनीहरुले सधै उत्पादन गरेको दुग्ध जन्य पदार्थ सिधै सहकारी मार्फत डेरीमा उचित मुल्यमा विक्रि गर्ने गरेका छन् ।

सहकारीका अध्यक्ष तथा कमल दुध डेरीका सञ्चालक कमल आचार्यले परिश्रम गरेका कृषकहरुलाई बजारको व्यबस्था गरेर उचित मुल्य दिई उनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको बताए । अध्यक्ष आचार्यले ईच्छुक कृषकहरुलाई सहकारीमा आवद्ध हुन अनुरोध समेत गरे । शितगंगामा जम्मा भएको दुग्धजन्य पदार्थ वडा नं. १२ रजिया, वडा नं. ३ खसर्का, वडा नं. २ सितापुर लगायतका संकलन केन्द्रबाट जम्मा गरि वडा नं. ४ अमराईको कलम दुध डेरीमा जम्मा गरि विक्रि गर्ने र बढी भएको दुध कपिलवस्तु पठाउने गरिएको अध्यक्ष आचार्यले बताए । कृषकहरुले दुध बिक्रिबाट मासिक रुपमा ५ हजार देखि ७० हजार सम्म आम्दानी गरि जिविकोपार्जन गर्न सफल भएको भन्दै कृषकहरुको आर्थिक स्तर उकास्न आफु लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *