रोल्पामा चिर्पट दाउराले हानेर १ जनाको हत्या

[sharethis-inline-buttons]

लुदअ भदौ ११, रोल्पा
रोल्पामा एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका–६ बागमाराका ४० वर्षीय मन बहादुर बादीको हत्या भएको रोल्पाका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

हत्याको आरोपमा स्थानीय ४४ वर्षीय रामचरण बादीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको उनले बताए । उनले चिर्पट दाउराले हानेर मन बहादुरको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ भाद्र ११, बिहीबार ०६:२२