चोरी अनुसन्धानमा प्रहरी निरीह, समुदायको रात्री गस्ती प्रभावकारी बन्दै

[sharethis-inline-buttons]

जीतपुर
बाणगंगा नगरका विभिन्न स्थानमा पछिल्लो समय श्रखला बद्ध चोरीका घट्ना घट्दै जान थालेपछी स्थानिहरुले रात्री गस्ती अभियान संचालन गरेका छन् ।

जिल्लाको बाणगंगा नगरपालिका अन्र्तरगतका लक्ष्मणघाट, भग्लापुर, सुठौली , अमौली, बनकसिया,  मनहरापुर बनगाई लगाएका स्थानमा स्थानियले गृप बनाई रात्री गस्ती अभियान सुरु गरेका हुन् ।

बाणगंगामा पछिल्लो समय १ दर्जन बढी चोरीका घट्नाहुदा समेत प्रहरी निरिह बन्दै गएपछी स्थानिय जागृप भएको लक्ष्मणघाटका स्थानिय हुमनाथ भट्टराईले जानकारी दिए ।

यता केहिदिन अघि मध्यरातमा बनगाई राजमार्ग छेउकै पसलबाट लाखौको गरगहना सहितको धनमाल चोरी हुदा समेत प्रहरीले अनुसन्धानमा चासो नदेखाएको स्थानियहरुको दुखेसो छ । सो घट्नाबारे एक पुर्व प्रहरीले भने प्रहरीले तदारुक्ताका साथ चासो देखाउने हो भने चोरी पत्ता लगाउन सक्ने भन्दै १२ देखि २ बजे सम्म बनगाईमा रहेको टावरबाट फोन ट्रेसिङ्ग गरि कल डिटेल निकाल्ने हो भने अपराधी पत्ता लाग्ने बताए । तर प्रहरी झन्जट व्यहोर्न तयार नरहेको उनको भनाई छ ।

यस विषयमा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशिले आफुहरु अनुसन्धानमै रहेको तर लकडाउनका कारण केहि समस्या भएको बताउदै , सि.सि. क्यामरा भरपर्दो भएको र कल डिटेलको प्रकृयामा भएको जानकारी दिए ।

यता श्रखला बद्ध चोरी हुने क्रम बढ्दै जादा , र स्थानिहरुको रात्री गस्ती हुँदा समेत कतिपय ठाँउहरुमा चोरी हुने क्रम नरोकिएपछी बोलबम धामका अध्यक्ष एवम् गस्ती अभियानका संयोजक रणबहादुर काउचाले घर बाहिर जाँदा छिमेकिलाई जानकारी गराएर , मात्र निष्कन र घरका सवै सदस्य बाहिर भएको फोटा सामाजिक संजालमा पोष्ट नगर्न अनुरोध गरेका छन् । उनले विभिन्न गाउँका गस्ती अभियानलाई सकृय बनाउन आफुहरु राउण्डिङ्ग गस्तीमा समेत निस्कने गरेको बताए । गाउलेको बैठक गरि गस्ती शुरु गरेको र स्थानियहरु रातभर जाग्राम बसी गस्ती गर्ने गरेको शिवशक्ती टोल विकास संस्थाका उपाध्यक्ष गुरु प्रसाद थारुले बताए ।


प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १२:१९