
लुदअ भदौ १३, काठमाण्डौ
कोेरोना महामारी नियन्त्रणको लागि सरकारले लकडाउन गरेको ६ महिना पुगिसकेको छ । चैतको ११ गते लकडाउन सुरु भएकोमा साउनको ६ गतेदेखि लकडाउन खुलेको थियो, तर लकडाउन खुलेपछि सङ्क्रमितको संख्या निक्कै बढ्यो ।
अहिले ५० भन्दा धेरै जिल्लामा पूर्ण या आंशिक निषेधाज्ञा लागू भएको छ, सीमानाकाबाट यात्रु आवतजावतमा रोक कायमै छ । कोरोनाको कारण बन्द रहेका विकास निर्माणका आयोजनामा सरकारले लकडाउन खोलेपछि काम सुरु हुन थालेको थियो, फेरि ठाउँ(ठाउँका निषेधाज्ञा र लकडाउनले गर्दा काम अघि बढ्न सकेको छैन । यसले गर्दा ठूला विकास निर्माण आयोजना निकै प्रभावित भएका छन् ।
विमानस्थलका काम ठप्प
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सन् २०२१ को जनवरी अर्थात् सम्झौता अवधिभन्दा ६ महिनाअघि नै सक्ने गरी तीव्र गतिमा भइरहेको थियो ।
कयौँ आयोजना ढिलासुस्ती भइरहेको बेला पोखरा विमानस्थलले भने तोकिएको समयभन्दा चाँडो काम सक्ने लक्ष्यका साथ काम गरेपछि धेरैतिर उत्साह थपिएको थियो । तर कोरोना भाइरसको महामारीका कारण सरकारले लगाएको लकडाउन र अन्य देशले लगाएका नयाँ(नयाँ प्रावधानका कारण यो आयोजना ६ महिनाअघि होइन सम्झौता गरिएको अवधिमा पनि सम्पन्न नहुने अवस्थामा पुगेको छ ।

