मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

रानीपोखरी पुनर्निर्माणको काम ९० प्रतिशत सकियो

लुदअ भदौ १३, काठमाण्डौ
रानीपोखरी पुनर्निर्माणको काम ९० प्रतिशत सकिएको छ ।

गएको वैशाखमै काम सक्नुपर्ने भए पनि अझै १० प्रतिशत काम बाँकी रहेको छ । चैत ११ गतेदेखि भएको लकडाउनका कारण काम अघि बढ्न सकेको थिएन । पुनर्निर्माणको काम अन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुरको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

अहिले ३२ जना कामदारले काम गरिरहेका छन् । आउँदो असोजसम्म निर्माणकार्य सक्ने गरी काम भैरहेको प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको काम हेर्दै आएका राजुमान मानन्धरले बताउनुभयो । लकडाउनअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । गएको साउन दोस्रो हप्ता नै पोखरी निर्माणको काम सकिएको थियो । तर पानी राख्न भने समय लाग्ने भएको छ ।

अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ । दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट आकाशको पानी सङ्कलन गरी पोखरीमा राखिएको छ । पोखरी भर्न आवश्यक पर्ने पानी कहाँबाट राख्ने भन्नेबारे छलफल भइरहेको प्राधिकरणका सम्पदा विज्ञ मानन्धरले बताउनुभयो ।

बोरिङ्मार्फत पानी ल्याउने तयारी भए पनि स्थानीय बासिन्दा र सम्पदा विज्ञहरुको असहमति छ । २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सक्न ढिला भैरहेको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: